इटहरी । सुनसरीको इटहरी स्थीत टोलविकास लघुउद्यम सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

र्कायक्रममा सहकारीले वर्ष भरी गरेको प्रगती विवरण सहित आर्थिक वर्ष २०८०,८१ को  प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

सहकारीले इटहरीमा भएका टोल विकास संस्थाहरुको पुजी तथा लघु, घरेलु, साना उद्यमीहरु र उद्यमशिल व्यक्तिहरुको साना उद्योगी र उद्यमशिलका लागी  तालीम र प्रविधि सम्बन्धी सहयोग गर्दे उद्यम व्यवसायीहरुलाई उद्यमशिलताको माध्यमवाट प्रोत्साहन गर्ने र पुजी लगानी गर्न नसक्नेलाई तिनै उद्योगहरुमा रोजगार प्राप्त गर्न सक्ने बनाउन तालीममा माध्यमवाट प्रशिक्षीत लगायतका विषयमा टोलविकास लघुउद्यम सहकारी संस्थाका अध्यक्ष राजेन्द्र केशरी घिमिरेले प्रतिवेदन प्रस्तुत गरेका थिए । । 

र्कायक्रमकी प्रमुख अतिथी संघीय सांसद तथा पुर्व मन्त्री भगवती चौधरीले सहकारी भित्र एक दुइजना फटाहा प्रवृतीका संचालकहरुले बदमासि गरिदिदा सदै सहकारीहरु पनि बदनाम भइरहेको बताइन । 

सांसद चौधरीले सहकारी देशको र्अथतन्त्र बलियो बनाउने एक मेरुदन्ड रहेकोले संचालक समितिहरु सधै इमान्दार भएर काम र्गनुपर्ने बताइन । 

कार्यक्रममा अतिथीहरुले सहकारीमा आफ्नो बचत गरेको रकम कतीको सुरक्षित छ बेला बेला आएर बुज्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा इटहरी उपमहानगर पालिका सहकारी शाखा प्रमुख बालकुमार पोख्रेल , नेपाल रेडक्रश सोाइटी उपशाखा इटहरी सभापती दिनेश भट्टराई , राष्ट्रिय सहकारी संघ इटहरी शाखा प्रमुख सविना श्रेष्ठ , महिला बचत तथा ऋण् सहकारी सस्थाकी अध्यक्ष मुना तिम्सिना  लगायतले सुभकामना मन्तब्य राखेका थिए ।