इटहरी । नेपाल मजदुर संघ इटहरी नगर कमिटिको आयोजनामा एक दिने नेतृत्व विकास प्रशिक्षण तथा एच आइभी एड्स रोग सम्बन्धी सचेतना तालिम सम्पन्न भएको छ ।
युुवा विकास केन्द्रमा भएको कार्यक्रममा नेतृत्व विकास तथा एच आइभी एड्स रोग सम्बन्धी सचेतना तालिममा यातायात क्षेत्रमा कार्यरत ३५ जना कर्मचारी, मजदुरहरुको सहभागिता रहेको थियो ।
नेपाल यातायात मजदुर संघ इटहरीले आयोजना गरेको यातायात क्षेत्रमा र्कायरत मजदुरहरुको क्षमता अभीबृद्धि गराउने उद्येश्यले सो तालिम प्रदान गरिएको हो ।
र्कायक्रममा यातायात क्षेत्रमा र्कायरत मजदुरहरुले पछिल्लो समय कानुन नजानदा र नबुज्दा थुप समस्याहरु भोग्नुपरेको गुनासो गरेको सहभागीहरुले बताएका छन ।
र्कायक्रमका प्रमुख अतिथी नेपाल टे«ड युनियन काँग्रेसका केन्द्रिय उपाध्यक्ष ज्योती कोइरालाले देश संघियतामा गएपनि चाहिने कानुन र्निमाण हुन नसक्दा यातायातको क्षेत्रमा र्कायरत मजदुरहरुले अनगिन्ती समस्याहरु झेल्दै आएको बताए ।
यसमा तिनै तहको सरकार बिच समन्वय हुनुपर्ने मजदुरहरुकै विषयमा आवाज उठाउदै आएको उनले बताए । 
त्यस्तै र्कायक्रमका विशिस्ट अतिथि इलाका प्रहरी र्कायालय इटहरीका प्रहरी निरिक्षक रमेश वनले यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुले पहिला कानुन जान्नुर्पने उल्लेख गरे । राजर्मागमा सवारी दुर्घटना भएको खण्डमा दोषी पहिचान गरी कानुनको दायरामा ल्याउने काम प्रहरीको रहेको पनि उनले बताए ।
यातायात क्षेत्रमा काम गर्ने मजदुरहरु पनि अनुशाशीत हुनुपर्नेमा जोड दिदै यात्रुहरुको झोला तानातान गर्ने ,यात्रुहरु माथीनै र्दुब्यवहार हुने गरेको घटना सार्वजनीक हुदै आएका छन ।
नजिकिदै गरेको चाँडपर्व लाई मध्यनजर गर्दै यातायत मजदुरहरुलाई अनुशाशीत बनाउन यो तालिमको आयोजना गरेको नेपाल मजदुर संघ इटहरीका अध्यक्ष दिनेश प्रधानले बताए ः
कार्यक्रममा युवा विकास केन्द्रका कार्यकारी निर्देशक निराजन खड्का र कलालयका अध्यक्ष सोनु जयन्ती तथा आम्दाका प्रतिनिधीले सहजिकरण गरिएको सहभागीहरु लाई प्रमाण पत्र वितरण गरिएको छ ।
उद्घाटन कार्यक्रममा नेपाल यातायात मजदुर संघ केन्द्रीय सदस्य रादेश श्रेष्ठ,केन्द्रिउ सल्लाकार हरी थापा, नेपाल यातायात मजदुर संगठन कोशी प्रदेश अध्यक्ष गौरी लामा ,प्रदेश कोषाध्यक्ष काजी राई,इटहरी ८ की वडा सदस्य दिपा राई लगायतको सहभागिता रहेको थियो ।




















