इटहरी । होमताङ्ग आर्युवेद क्लिनिकको सफलता पछि इटहरी उपमहानगर ६ स्थीत पालिका अगाडी अतुल्य आयुर्वेद फार्मेसी संचालनमा आएको छ । 

फार्मेसी उद्घाटनको अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।  गोरखा आर्युृवेद कम्पनी प्रलिको आधिकारीक बिक्रेताको रुपमा सञ्चालन गरिएको हो । फार्मेसीले उदघाटनको  अवसर पारेर एक दिने निशुल्क शविरि तथा औषधी बितरण गरेको छ । 

कार्यक्रममा गोरखा आयुर्वेद कम्पनिका मार्केटिङ मेनेजर रामचन्द्र पोख्रेल र डा. प्रकाश लिम्बुले संयुक्त रुपमा रिवन काटेर फार्मेसीको उदघाटन गरेका थिए ।IMG_20240831_110147

 कार्यक्रममा फार्मेसीका सञ्चालक महेश थापाले अहिले अत्याधकि जन मानसमा बिषदीयुक्त खानपनिले गर्दा स्वास्थ्यमा समस्या हुने गरेको हुदा र अहिले आयुर्वेद औषधी तर्फ जनमानसमा विश्वास बढ्दै गएकोले इटहरी र दमकको होमताङ्ग आयुर्वेदको सफलता पछी तेस्रो शाखाकोरुपमा फार्मेसी संचालनमा ल्याएकोे बताए ।

 सोहि क्रममा यस फार्मेसीबाट विशेषज्ञ डांक्टर द्धारा प्रत्येक दिन निःशुल्क स्वास्थ्य परिक्षण गराउनुका साथै औषधीमा पनी छुटको व्यवस्था गरीएको थापाले जानकारी गराए । IMG_20240831_110302

स्वास्थ्य शिविरमा पायल्स,प्रेसर,सुगर,प्रोस्टेट,कब्जियत,मानसिक रोग लगायतका एक सय बढीले स्वास्थ्य परिक्षण गराएको र आवस्यक औषधी समेत निःशुल्क वितरण गरिएको छ ।