इटहरी । आउदै गरेको नेपाली नारीहरुको महान चाँड हरितालिका तिजको अवसरमा जिल्ला होटल तथा पर्यटन ब्यबसायी संघ सुनसरी र लायन्स  क्लब अफ इटहरी सुनसरी द्वारा संयुक्त रुपमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

इटहरी उपमहानगर पालिका  वार्ड नम्बर दुइमा रहेको मायाघर नेपालमा आश्रित असाय, बालबालिका, बृद्ध आमाहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको हो । 

आउदै गरेको नेपाली नारीहरुको महान चाँड हरितालिका तिजको अवसर पारेर असाय, बालबालिका र बृद्ध आमाहरुलाई एक दिन भएपनी केही सहयोग पुर्याउने उदेश्यले संयुक्त दर खाने कार्यक्रमको आयोजना गरेको जिल्ला होटेल संघ र लायन्स क्लबका अध्यक्ष तेज बहादुर पुरीले जानकारी दिए ।457528474_2449412988783368_7498840020311241869_n

तेज बहादुर पुरीको अध्यक्षता तथा सुनसरी प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी राम चन्द तिवारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्की, सिबि कलेजका अध्यक्ष  देशबन्धु कार्की, लायन्स एरिया चारका चिफ कोडिनेटर थानेश्वर ढकाल, होटल ब्यबसायी महासंघ कोशी प्रदेशका उपाध्यक्ष गोबिन्द थापा, रेड्क्रस सोसाइटी इटहरीका सभापती दिनेश भट्टराई , होटल ब्यबसायि महासंघका पुर्ब केन्द्रिय उपाध्यक्ष मणिन्द्र कटुवाल, जोन चियर पर्सन टंक फुयल लगायतको सहभागिता रहेको थियो । 457637167_2449413142116686_6555867031740877468_n

लायन्स क्लबले इटहरी क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागी खेलकुदका सामाग्री,स्टेसनरी वितरण लगायतका विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको छ ।