इटहरी । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को २८ औं बार्षिक उत्सवको अवसरमा ईक्यान पुर्वाञ्चलले बृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

ईक्यान पुर्वाञ्चलले इटहरीको संगित चोकमा आयोजित रक्तदान कार्यक्रममा एक सय एक जनाले रगत दिएका थिए भने तिन सय बढीको निःशुल्क सुगर तथा ब्लडग्रुप जाँच गरिएको ईक्यान पुर्वाञ्चलका सचिब दुर्लभ कार्कीले जानकारी गराए । 

रक्तदान जिवनदान भन्ने मुलनाराका साथ इक्यान पुर्वाञ्चलले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

अरु कार्यक्रम गर्नु भन्दा यो एक पिन्ट रगतले अरुको ज्यान बच्छ भन्ने उदेश्यले रक्तदान संगै सुगर, पे्रसर जाँच र ब्लडगु्रप छुट्टाउने कार्यक्रमको आयोजना गरेको ईक्यान पुर्वाञ्चलका अध्यक्ष रविन्द्र निरौलाले बताए ।WhatsApp Image 2024-08-29 at 11.56.06

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरान र सैलुङ्ग पोलिक्लिनिकको प्रविधिक सहयोगमा भएको कार्यक्रममा विद्यार्थी, ईक्यानका पदाभिकारीहरु लगायतको ब्लडग्रुप जाँच गर्नुका साथै ब्लडग्रुप कार्ड र रक्तदातालाई प्रमाण पत्र वितरण गरिएको ईक्यान पुर्वाञ्चलका कोषाध्यक्ष  गोपाल निरौलाले जानकारी दिए । WhatsApp Image 2024-08-29 at 11.56.02 (1)

ईक्यान पुर्वाञ्चलका अध्यक्ष रविन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा ईक्यान पुर्वाञ्चलका सल्लाहकार कमल प्रसाद तिम्सीना, ईक्यान पुर्वाञ्चलका निवर्तमान अध्यक्ष प्रकास लकान्द्री लगायत विभिन्न संघ,सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।