इटहरी । इटहरी ६ को पारुहाङ्ग चोकमा प्रवेश बुढाथोकीलाई दिउसै एक समुहद्धारा खुकुरी प्रहार भएको छ ।
२ वटा मोटरसाइकल र एउटा स्कुटीमा आएका ५,६ जनाका समुहले दिउसो ४ बजेर ४० मिनेटमा प्रगती खाजा घरमा ५ जना बसेर खाजा खादै गरेकालाई एकासी खुकुरी प्रहर गर्नु खोज्दा भागेका थिए ।
उनीहरु लाई खेदाएर खुकुरी प्रहार गर्दा अन्दाजी २० वर्षिय प्रवेश बुढाथोकी घाइते भएका छन् ।
घाइते बुढाथोकीको बेदान्त हस्पिटलमा उपचार भइरहेको छ ।
कुवेर चौकमा पुगेर खुकुरी प्रहार भएको बुढाथोकीको कुम र टाउकोमा चोट लागेको छ ।
घटनामा संलग्नहरू फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिएको छन् ।
प्रहरीले घटनास्थलको सिसी टिभी फुटेजको आधारमा विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको जनाएको छ ।




















