इटहरी । प्रत्येक वर्ष झै यस श्रीकृष्ण जन्माष्टमीपछि निकालिने राधाकृष्ण रथयात्रा आज सुनसरीको इटहरीमा पनि भव्यताका साथ निकालिएको छ ।

रथयात्रालाई भव्य बनाउन लाखे सहित विभिन्न जातजातीका सास्कृतिक भेषभुषामा झाँकी ,भजनकिर्तन सहितका  टोलीले राधाकृष्ण शिव मन्दिर हुदै मुख्य चोक, ट्राफिक कार्यालय, आर्मी ब्यारेक,हुदै मिलन चोक सम्म पुगेर पुनः राधाकृष्ण शिव मन्दिर आएर प्रसाद वितरण गरेर समापन गरिएको छ । 

रथयात्रामा हजारौ भक्तजनको उत्साहजनक उपस्थिति रहेको थियो । रथयात्राको क्रममा विभिन्न संघ,सस्थाहरुले पानी तथा सर्बत वितरण गरेका थिए । 

 गत वर्षको तुलनामा यस वर्ष रथयात्रामा अत्याधिक भक्तजनहरुको सहभागिता रहेको राधाकृष्ण शिव मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।WhatsApp Image 2024-08-27 at 19.11.44

रथयात्रालाइ मध्यनजर गर्दै भक्तजनहरुको सेवाका लागी  इटहरीका विभिन्न विद्यालयका स्काउट तथा स्वयमसेवकहरुको सहभागिता रहेको थियो ।  इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा रथयात्रा निकालिएको रथयात्रामा इटहरीका विभिन्र संघसंस्था , जनप्रतिनिधि , र विशिष्ट व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । 

यसैबिच सुनसरीको दुहविमा  एक लाख बढी स्थानीयहरुको सहभागितामा भव्य रथ यात्रा निकालिएको छ ।WhatsApp Image 2024-08-27 at 19.11.39

सोमबार भगवान श्रीकृष्णको मुर्ती पुजा गरेर हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएकोमा मंगलबार दिउसो स्थानीयहरुको सहभागितामा भव्य रथयात्रा निकालिएको हो । तनमुना भलुवा सिमरिया सहित मोरङको हातिमुडा कमलपुर तेतरि लगायत  नगरक्षेत्रका स्थानीयहरुको सहभागितामा राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा फुटानिचोक  सोनापुर रमपम  दुहबी बजार र मोरङको नेमुवा कोशी मुख्यराजमार्गसम्म भव्य रथयात्रा निकालिएको पुजा तथा मेला महोत्सवका अध्यक्ष पकंज हलुवाईले बताएका छन । धरान , मोरङको विराटनगर सुन्दरहरैचा लगाएत विभिन्न स्थानहरुमा समेत आज धुमधामताका साथ राधाकृष्ण रथयात्रा निकालिएको छ  । त्यसैगरी  धरान , मोरङको विराटनगर सुन्दरहरैचा लगाएत विभिन्न स्थानहरुमा समेत आज धुमधामताका साथ राधाकृष्ण रथयात्रा निकालिएको छ  ।