इटहरी ।  प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले भगवान कृष्णको जन्म दिवस मनाउँदै छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो।

आज घर–घरदेखि विद्यालय सम्म बालबालिकाहरुलाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि रहिआएको छ । 

त्यसैगरी श्रीकृष्ण जन्माष्टमीको अवसरमा  इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरमा पनी विहानै देखि पुजा अर्चनाका लागी भक्तजनहरुको भिड लागेको छ । 

मन्दिरमा गत वर्षको तुलनामा पुजाअर्चनाका लागी अत्याधिक भक्तजनहरु आएका छन ।

त्यसैलाई मध्यनजर गर्दै  आउने भक्तजनहरुको सेवाका लागी  इटहरीका विभिन्न विद्यालयका स्काउट तथा स्वयमसेवकहरुले सेवा प्रदान गर्दै आएको र अत्याधिक गर्मी भएको हुदा पानी ,सर्बत वितरण,सरसफाइ गर्दै राती १२ बजे सम्म भजन किर्तन गर्ने र भोली दिउसो ४,३० मा भब्य, सभ्य र व्यवस्थित गर्दै रथयात्राको तयारी गरिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्वप्रसाद रिजालले बताए ।WhatsApp Image 2024-08-26 at 17.21.01 (1) 

मन्दिरमा आउने भक्तजनहरुका लागी छैट पर्व सेवा समितीले आज सर्बत वितरण गरेको छभने भोली प्रसाद वितरण गरिने पनी समितीले जनाएको छ ।

रथयात्रालाई भव्य बनाउन लाखे सहित आ–आफ्नो भेषभुषामा झाँकी ,भजनकिर्तनका टोलीले राधाकृष्ण शिव मन्दिर हुर्दै  मुख्य चोक, ट्राफिक कार्यालय, आर्मी ब्यारेक,हुदै मिलन चोक सम्म पुगेर पुनः राधाकृष्ण शिव मन्दिर आएर प्रसाद वितरण गरिने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष भुपेन्द्र बरालले जानकारी दिए । WhatsApp Image 2024-08-26 at 17.21.01

रथयात्रालाई भव्य बनाउन सम्पुर्ण भक्तजनहरु लाई सहभागी भइदिन पनी अनुरोध गरेका छन् । 

त्यसैगरी इटहरीकै श्रीकृष्ण प्रणामी मन्दिर,इस्कोन इटहरी र सुन्दरहरैचा ५मा रहेको राधेश्याम सेवा टष्ट नँया विन्दावनले पनी राती भजन बिर्तन गर्दै भोली मंगलबार दिउसो रथयात्रा निकालिने राधेश्याम सेवा ट्रष्टका संरक्षक दिनबन्धु शास्त्रीले जानकारी गराए ।