इटहरी । विश्व आर्दश सेकेण्डरी स्कुल इटहरीमा अध्यापन गराउदै आएका शिक्षक शिक्षिकाहरुलाई अध्यापनमा सहजता प्रदान गर्ने उद्धेश्यले काठमाडौं विश्व विद्यालयसंगको सहकार्यमा सञ्चालन गरिदै आएको शिक्षण सिकाइ सम्वन्धी दुई दिने कार्यशाला सुरु भएको छ ।
पाठ्यक्रम , नयाँ कोर्श लगायतका विषयहरुमा स्कुलमा अध्यापन गराउदै आएका सबै विषयका शिक्षक शिक्षिकाहरुको सहभागितामा कार्यशाला संचालन गरिएको होे ।
गत वर्ष देखि काठमाडौं विश्व विद्यालय र विश्व आर्दश सेकेण्डरीको संयुक्त आयोजनामा कार्यशाला गर्दै आएको छ ।
कार्यशालामा काठमाडौं विश्व विद्यालयका सह प्राध्यपक डाक्टर ईन्द्रमण्ी राई र डिल्ली बहादुर राउत लगायतले सहजिकरण गर्दै आएका छन् । 
गत वर्ष देखि काठमाडौं विश्व विद्यालय संग सहकार्य गरेर नयाँ शैक्षिक सिकाई कार्यशालाले बच्चाहरुको शिक्षालाई कसरी गोहिराईमा गएर सिकाउन सकिन्छ भन्ने उदेश्यले यो दास्रो पटक कार्यशाला आयोजना गरेको कार्यक्रम संयोजक तथा सह प्रधानध्यपक मोहन प्रसाद निरौलाले जानकारी दिए ।
कार्यशालामा सहभागी विश्व आर्दश सेकेण्डरी स्कुलका ७६ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ ।
शिक्षक शिक्षिकाहरुले शिक्षाको विउ पाएको र त्यो विउमा कक्षा कोठामा सही सदुपयोग गरेर सफल विद्यार्थीहरुको क्षमता उत्पादन संगै शिक्षामा रुपान्तरण गर्ने योजना रहेको बताइएको छ ।
विश्व आदर्श स्कुलले काठमाडौ विश्व विद्यालय संग सम्झौता गरी गत वर्षमा ४८ घण्टे शिक्षक,शिक्षिका तालिम सम्पन्न गरिसकेको छ ।




















