इटहरी  । शारीरिक मानसिक र भावनात्मक स्वास्थका लागि खुसी विज्ञजन कार्यक्रम समपन्न भएको छ । 

जीवन विज्ञान प्रतिष्ठान इटहरी नगर परिषद्को आयोजनामा एक दिने इटहरीमा  खुसी जीवन कार्यक्रमको आयोजना गरिएको हो । 

दुर्गा पाटी प्यालेसमा भएको कार्यक्रममा मानव जीवनमा आइपर्ने विभिन्न समस्या निराकरणका लागि मनलाई स्थिर बनाउनुपर्ने र त्यसका लागि चक्रको सन्तुलनका विषयमा जिवन विज्ञान झापाकी शिक्षिका सुमना दाहाल र संयोजक बालिका खड्का भट्टराईले सहभागीहरु लाई दैनिक जीवनमा आउने अस्थिर मनलाई कसरी व्यवस्थापन र खुसीमा रुपान्तरण गर्ने प्रयोगात्मक अभ्यास गराएका थिए । 

खुसी हुनु मानिसको नैसर्गिक अधिकार हो । तर मानिसको उमेर बढ्दै जाँदाखेरि मानिसले आफ्नो खुशीलाई छोडेर अरुतिर  ध्यान जान्छ मानिसको भौतिक सेवा सुविधा आफ्नो पेशा आफ्नो व्यवसाय आफ्नो केरियर यसरी बढाउँदै जान्छ र  अध्यात्मकको गहिरो प्रयोगात्मक अभ्यास,र प्राणायाम लगायत विभिन्न ध्यान विधिहरुले मनोविज्ञानको माध्यमबाट मानिसले गुमाएका खुसीलाई आर्जन गर्ने तरिकाहरु  सिकाउै आएको जिवन विज्ञान प्रतिष्ठानकि   प्रशिक्षक शिक्षा तथा विकास केन्द्र कोसी प्रदेश संयोजक  बालिका खड्का भट्टराईले बताइन । IMG_20240825_191234

यस्ता कार्यक्रमले मानिस खुशी हुन मन व्यवस्थापन गर्नुपर्ने र मनको व्यवस्थापनका लागि उर्जा र सक्रिय बनाउन यो प्रयोगात्मक अभ्यास उपलब्धि मुलक भउको सहभागीहरुले बताएका छन् । 

जीवन विज्ञान प्रतिष्ठान इटहरी नगर परिषद्का अध्यक्ष सन्देश थापाको अध्यक्षता तथा कोशी प्रदेश सभासद मिना श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इटहरी क्षेत्रका समाजसेवी,ब्यापारी,विभिन्न संघ,सस्थाका पदाधिकारीहरु लगायतका १ सय ५ जनाको उपस्थीती रहेको थियो ।