इटहरी । नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन इटहरीको आयोजनामा तीन दिने वैदिक ग्रन्थ पुस्तक प्रर्दशनी तथा श्रीकृष्ण जन्माष्टमी महोत्सव कार्यक्रमको दोस्रो दिन स्कुल स्तरिय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ ।
वैर्दिक ग्रन्थहरुको अध्ययनमा जोड दिदै श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर तीन दिन सम्म सञ्चालन गरिने श्रीकृष्ण जन्माष्टमी महोत्सवको दोस्रो दिन पनी भागवत गिता पुस्तक प्रर्दशनी संगै स्कुल स्तरिय भागवत गीताको परिचय शिर्षकमा केन्द्रित वक्तित्वकला प्रतियोगितामा इटहरीका १० वटा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
वक्तित्वकलामा भागवत गितामा रहेका ग्रन्थ र भगवान श्रीकृष्णका विषयमा प्रस्तुती गरेका थिए ।
वक्तित्वकला प्रतियोगितामा पिसजोन आवसियकी अन्जली यादब प्रथम,बाद विकास बोडिङ्गका सरिस कार्की दोस्रो , डिभिएम स्कुलका सुजल पराजुली तेस्रो र सरस्वती सतन माविकी स्नेहा सरदार चौथौ ,विश्व आदर्श स्कुलका आदर्श बस्नेत पाँचौ स्थानमा परेका थिए ।
वक्तित्वकला प्रतियोगिताका विजेताहरु लाई प्रमाण पत्र र भागवत गिताका पुस्तकहरु द्धारा पुरस्कृत गरिएको छ ।
प्रतियोगिताको निर्णायकहरु प्रोजेश बस्नेत,अजय कुमार मुखिया,योगेश दंगालले विजेता घोषणा गरेका थिए ।
विगतका वर्षमा भक्त जनहरुले १३ हजार बढीले प्रर्दशनीको अवलोकन तथा प्रसाद ग्रहण गरेका थिए भने यस वर्ष पनी धैरै भक्तजनहरु लाई निमन्त्रणा गरिसकेको र यो कार्यक्रममा विद्यार्थीहरु लाई भौतिक शिक्षामात्र नभएर आध्यत्मीक शिक्षामा बच्चै देखि विद्यार्थीहरु लाइ सहभागी गराएर वैर्दिक ग्रन्थहरुको चर्चा सहित श्रीमद्भागवत गीताका विषय केन्द्रित ज्ञान दिने उदेश्यले विद्यार्थीलाई सहभागी गराएको इस्कोन इटहरीका अध्यक्ष ललित बहादुर बानियाँले जानकारी दिए ।
सोही कार्यक्रममा श्री श्रीमद्महा विष्णु स्वामीले ईस्कोनका विषयमा भक्तजनहरु लाई जानकारी गराएका थिए ।
कार्यक्रमा भजन किर्तन,महाप्रसाद वितरण, अभिषेक, ग्रन्थ, चित्रकला प्रर्दशनी र वक्तित्वकला प्रतियोगिता आयोजना गररे भब्यताका साथ श्रीकृष्ण जन्माष्टमी महोत्सव गर्न लागेको श्रीकृष्ण जन्माष्टमी महोत्सव कमिटिका अध्यक्ष विष्णु रिजालले जानकारी दिएका छन् ।
१० गते श्रीकृष्ण जन्माष्टमीमा भजन किर्तन र ११ गते राधाकृष्ण शिव मन्दिरको रथयात्रा सहभागी भएर भब्यताका साथ मनाइने इस्कोनले जनाएको छ ।




















