इटहरी । हसंबाहिनि फिल्मस् प्रोडक्सन प्रा. लि.इटहरीले गाइजात्रा कार्यक्रममा समपन्न गरेको छ ।
परम्परागत रुपमा मनाइदै आएको गाइजात्रा पर्व लाई इटहरीमा पनी निरन्तरता दिने उदेश्यले गाईजात्रा हास्यब्यात्मक संग गोष्ठी २०८१ नामक कार्यक्रममा विभिन्न प्रस्तुतीहरु गरेर सम्पन्न गरेको हो ।
गरिएको पँचरुखी जेष्ठ नागरिक समाजको भवनमा आयोजित हसंबाहिनि फिल्मस् प्रोडक्सन र इटहरी साहित्यीक समुहको आयोजना तथा जनजागरण पुस्तकालयको सह आयोजनामा भएको कार्यक्रममा गायन,कविता,मुक्तक,क्यारिकेचर र नाटकहरु ब्याग्यात्मकरुपमा प्रस्तुत गरेका थिए ।
परम्परागत रुपमा मनाइदै आएको गाईजात्रा लाई संरक्षण तथा प्रबद्धन गर्नु वर्छ भनेर इटहरीमा विविध कार्यक्रम गरेर इटहरीमा पनि निरन्तरता दिदै आएको हसंबाहिनि फिल्मस् प्रोडक्सन अध्यक्ष कृष्ण नेपालले जानकारी दिए ।
कार्यक्रममा राजन निरौला, गगां गौतम,भुमा अधिकारी, सर्मिला सिक्देल,दुर्गा पराजुली, सरस्वती चौधरी र सन्जिव कट्टवाल लगायतले ब्यंगतमक प्रस्तुतिहरु गरेर मनोरञ्जन गराएका थिए । 
उक्त गाईजात्रा कार्यक्रममा प्रथम, दितिय र तिर्तिय हुनेलाई फर्सि, लौका, काक्रा मुला आदि उपहार दिइएको थियो ।
इटहरी साहित्यीक समुहका हेमन्त गौतमको अध्यक्षता तथा प्रमुख आतिथ्यता प्राध्यापक डाक्टर बद्रि बिसाल पोखे्रल प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेष्ठ नागरिक,साहित्यकार,कलाकार लगायतको उपस्तीथि रहेको थियो । 




















