टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटले सोमवार टर्कीका शहरहरूको लागि आफ्नो खुशीको ¥याकिङ जारी गरेको छ । कालो सागर क्षेत्रमा रहेको देशका ८१ प्रमुख शहरहरूमध्ये सिनोप ७७।६६ प्रतिशतमा शिर्ष स्थानमा छ । टर्किस स्ट्याटिस्टिकलका अनुसार ७६।४३ प्रतिशतको खुशी दरका साथ सिनोपलाई पश्चिमी एजियन क्षेत्रको अफ्योन्काराहिसरले पछ्याएको छ । पूर्वी एनाटोलिया शहर बेबर्ट ७५।९१ प्रतिशतका साथ तेस्रो स्थानमा छ भने मध्य एनाटोलियाको किरिक्कले ७५।४८ प्रतिशतको खुशी दरका साथ चौथो स्थानमा छ । एजियन क्षेत्रको कुटाह्या सहरको खुशी दर ७३।७६ प्रतिशत रहेको छ भने मध्य एनाटोलियाको कानकिरीमा ७३।५ प्रतिशत रहेको छ । ब्ल्याक सी शहर डुज्सेले ७२।७७ प्रतिशत खुशीको दर देखाएको छ भने एजियन क्षेत्रमा रहेको उसाकले ७२।३४ प्रतिशतको साथ पछ्याएको छ  । दक्षिणपूर्वी एनाटोलियामा रहेको सिर्टले ७१।६५ प्रतिशतको खुशी दरको रिपोर्ट गरेको छ भने दक्षिणपूर्वमा रहेको सिरनाकमा ७१।३६ प्रतिशत रहेको छ ।