इटहरी । आन्तरिक तथा वाह्य पर्यटकहरुका लागी सुविधा सम्पन्न इटहरीको होटल बरण्डाले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
इटहरी उपमहानगर पालिका ६ स्थीत चोक पुर्व दक्षिणमा रहेको सेन्ट्रल प्लाजाको ६ औं तल्लामा रहेको होटल बरण्डामा तारे होटलको सुविधा बरण्डाले प्रदान गर्दै आएको छ ।
होटल इटहरीको मुटुमा रहेको सेन्ट्रल प्लाजामा अवस्थित छ जहाँ एकै ठाँउ बाट धेरै प्रकारका दैनिक जीवनमा उपयोगी किराना सामान र अन्य उत्पादनहरू किन्नको लागि सेन्ट्रल मार्ट सहित विभिन्न सामानहरु किनमेल गर्न सकिने र सिनेमा घरहरू छन् जहाँ चलचित्रहरू हेर्न सक्ने पर्याप्त अण्डर ग्राउण्ड पार्किङ ,चार्जिङ स्टेशन सहितको सुविधा सम्पन्न होटेल रहेको छ ।
होटेलमा रुमहरु सुपिरियर रानी, डिलक्स बाल्कनी, डिलक्स सुईट,डबल,ट्रिपल बेडहरु ३३ वटा रहेको छ ।
होटेलमा विभिन्न कलेजका विद्यार्थीहरूलाई इन्टरशिप कार्यक्रमको सुविधा दिदै आएको होटेलमा खाद्य तथा पेय पदार्थ विभाग, फ्रन्ट अफिस र हाउस कीपिङ विभागमा अनुभवी पर्यवेक्षण कर्मचारीहरूको उत्कृष्ट सीपहरू विकास गरेर उत्तम तरिकामा मार्ग दर्शन गर्दै आएको छ ।
अनुभवीे सेफद्धारा खाना पकाएर खानालाई अझ आकर्षक र स्वादिष्ट बनाइन्छ ।
बरण्डामा सेमिनार, एजीएम, सम्मेलन, प्रशिक्षण, जन्मदिनको पार्टी, तीज उत्सव, विवाह, वार्षिकोत्सव र विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन गर्न पर्याप्त ठाउँ सहितको चलचित्रहलहरू रहेको छ ।
होटलमा खाना, मनोरञ्जन र बस्नका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटक जित्दै जापान, चीन, भारत, इरान, दुबई, कतार, साउदी अरेबिया, युरोप, संयुक्त राज्य अमेरिका लगायत विभिन्न देशका पर्यटकहरु मन जित्न सफल बरण्डा होटेलमा केही पाहुनाहरु १ वर्षभन्दा बढी समय सम्म बस्दै आएका छन् । 
त्यसैगरी प्रत्येक ग्राहकहरुलाई साउण्ड डाइनिंग, उत्कृष्ट कोठा सेवामा थप सहज र सन्तुष्ट बनाउन, २४ सै घण्टा फ्रन्ट अफिस सेवा दिदै ग्राहकले कुनै समय पनी कोठा बुक गर्न सक्ने होटेलका मेनेजर राकेश अधिकारीले बताए ।
होटल विराटनगर विमानस्थलबाट मात्र २० किलोमिटरको दूरीमा अवस्थित छ जसले होटेलमा विभिन्न खानेकुरा र पेय पदार्थहरूको आनन्द लिई धेरै रमाइलो वातावरणका साथ होटलबाट शहरको मनमोहक दृश्य अवलोकल गर्न सकिन्छ ।




















