इटहरी । पुर्वी नेपालमै शैक्षिक गन्तव्यको रुपमा  विकास हुदै गरेको इटहरीमा रहेको ईटहरी नमुना कलेज  विद्यार्थीहरूको रोजाईमा पर्न सफल  कलेजले  गुणात्मक शिक्षाको अभियानमा विद्यार्थीहरूलाई सिप, ज्ञान र संस्कार अभिवृद्धि गर्दै आएको छ ।

यसै सिलसिलामा कलेजले सामाजिक संकायका करिब ४० जना विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श तालिम प्रदान गरेको हो ।

साउन २४ गते देखि शुरू भएको उक्त तालिम भाद्र २ गते सम्पन्न भएको तालिमको मनोसामाजिक परामर्शको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी मन्जिता उपाध्यायले तालिमको सहजिकरण गरेकी थिइन ।WhatsApp Image 2024-08-19 at 09.50.00

नेपालमा मात्रै नभएर मानसिक रोगको विश्वमै बढ्दै गइरहेको र हामी कहाँ विभिन्न कारणले मानसिक समस्याहरु छन तर यहा फिजिकल हेल्थका उपायहरु तर मानसिक स्वास्थ्यको अभाव रहेको र त्यस लाई समयमै समाधन गर्न सकिएन भने मानसिक रागी हुन सक्ने साझा सवालका लागी साझा मंचकी अध्यक्ष  उपाध्यायले बताइन ।WhatsApp Image 2024-08-19 at 09.47.51 (1)

तालिमले विद्यार्थीहरूलाई मनोसामाजिक क्षेत्रगत विषयहरू पहिचान गर्न र परामर्शका विधि, प्रकृयाहरूलाई प्रयोगात्मक रूपमा सिक्न र अभ्यास गर्न यो तालिमले ठूलो मदत पुगेको कलेजका सामाजिक संकायका विभागिय प्रमुख नितेस गौतमले जानकारी दिए ।

समापन कार्यक्रममा तालिममा सहभागि विद्यार्थीहरूले आफ्नो सिकाईको अनुभवहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कलेजका क्याम्पस प्रमुख धर्म न्यौपानेले तालिममा सहभागी विद्यार्थीहरूलाई प्रमाण पत्र वितरण गर्दै यस्ता तालिमहरूको प्रभावकारिता र कलेजले गुणात्मक सिकाईका लागि थप अतिरिक्त कार्यक्रमहरु गर्दै जाने पनि जानकारी दिए ।