इटहरी । बढ्दो सहरीकरण संगै नागरिकको स्वाथ्यलाई मध्यजार गर्दै पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्रा.लिले इटहरीमा शाखा विस्तार गरेको छ । 

२०६३ सालमा इटहरी चोक पश्चिाम लाईनमा सुरु गरेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरको सफलता पछी इटहरीको विपी चोकमा शाखा उद्घाटन गरेको हो । 

सेन्टरले विषेश गरी महिलाहरुको छाला,सौदर्य सम्बन्धी अत्याधुनिक प्रविधि बाट सम्पुर्ण उपचार गराइने ,स्पाइनल सर्जन तथा विशेषज्ञ डाक्टरहरु द्धारा प्रत्येक दिन सेवा प्रदान गर्ने छ । 

विपी चोक क्षेत्रमा बढ्दो बजारिकरणलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्ने उदेश्यले यो शाखा विस्तार गरिएको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरका संचालक नविन गौतमले बताए ।WhatsApp Image 2024-08-19 at 17.35.47

उद्घाटनको अवसरमा एक हप्ता सम्म सेवाग्राहीहरुका लगी २५ प्रतिसन छुट दिने पनी संचालक गौतमले जानकारी गराए । 

यस हेल्थ सर्भिस सेन्टरमा एक्सरे,भिडियो एक्सरे,स्कीन टेष्ट लगायतको  अत्याधुनिक प्रविधिको ल्याबका विशेषज्ञद्धारा परिक्षण गराइने छ । 

शाखाको औषधी ब्यवसायी संघ कोशी प्रदेश अध्यक्ष कुमार खतिवडाले एक कार्यक्रम विच रिवन काटेर उद्घाटन गरेका थिए । WhatsApp Image 2024-08-19 at 17.35.46

उद्घाटन कार्यक्रममा रोटरी क्लब इटहरीका पुर्व अध्यक्षहरु लक्ष्मी धिताल,संयोग पराजुली,ब्यवसायी देबु निरौला लगायतको सहभागितामा उद्घाटन गरिएको थियो ।