इटहरी । नारीहरुको माहान चाँड तीज लक्षित गीतहरु सार्वजनिक हुन थालेका छन् । 

पुर्वकै चर्चित गायिका अन्जु गौतमको तीजले हाम्लाई डाकेजस्तो लाग्यो संगिनीले नाचे नाचे जस्तो लाग्ये बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

काठमाण्डौको गौशाला राम मन्दिरमा छायाँकन भएको म्युजिक भिडियो मौलिक सँस्कृती,परम्परा झल्कने गितमा वर्षै पिछे आउने तिज पर्व रैछ राम्रो जिवनलाई उर्जाभर्ने सस्कृती हो हाम्रो लगायतका बोल रहेको गितले आउदै गरेको हरीतालिका तिजलाई लक्षित गरेर निर्माण गरिएको हो । https://www.youtube.com/watch?v=y5PyGsc95iY 

यो म्युजिक भिडियोमा कलाकारहरु ज्योती खड्का,खुसी पाठक,रेश्मा भट्टराई,अनिसा मगर,लगायतले नृत्यको भुमिकामा रहेकाका छन् ।

यो गितको स्वर अन्जु गौतमले दिएकी छिन भने शब्द  डाक्टर राम प्रसाद दाहाल ,लय सन्तोष बि.सि र म्युजिक नेपालमा रेकर्डिङ गरिएको गितको छायाँकन बुद्ध थापाले गरेका थिए । 2

अहिले नेपालमा तिज गितको नाममा उछिङखल गितहरु निस्कीरहदा त्स्ता गितहरु परिवार संगै बसेर सुन्न र हेर्न नहुने खालका निर्माण गरिरहेका छन् । 

हामी नेपालीहरुको कला ,सस्कृती र भाषाको निरन्तर जगेर्णा गर्नपर्छ भनेर मौलिक तथा परम्परागत चाँड पर्व लक्षित गरेर यो वर्ष पनी नेपाली नारीहरुको महान चाँड लाई लक्षित गरेर तिज गितको म्युजिक भिडियो निर्माण गरिएको गायिका अन्जु गौतमले बताइन । Capture

अन्जू गौतमको अफिसियल युटुव च्यानलमा सर्वजनिक गरिएको छ ।  गौतमले विगत देखीनै परम्परागत मौलिक गाउदै आएकी छिन । 

मारुनी गित,पुर्वी लोक गित,तिज गित,भजन लगायतका आधुनिक्ता झल्कने तिन सय बढी गितहरु गाईसकेकी छिन भने विभिन्न कार्यक्रमहरुमा हुदै आएकी छन् ।