इटहरी । इटहरीमा एक्सचेन्ज अफर सहित अत्याधुनिक मर्मत उपकरण सहितको दुइ जना युवाहरुले संचालनमा ल्याए दर्शन मोबाइल सेन्टर ।
मोबाइल सेन्टरमा अत्याधुनिक मेसिन र उपकरणले सबैखाले मोबाइल मर्मत हुने भएको छ ।
उद्घाटनको अवसरमा टेम्पर ग्लास निःशुल्क फेर्ने अवसर सार्वजनिक भएको छ । साउन ३० गते देखि एक महिना सम्म पसल भ्रमण गर्ने ग्राहकहरुलाई एयर वड र नेक ब्यान्ड पनि निःशुल्क उपहार दिने योजना ल्याएको हो ।
पसलले २ हजार जनालाई कुनै सामान खरिद नगरेपनि टेप्पर ग्लास फेरिने सञ्चालक सहदेव खड्काले जानकारी दिए ।
उनका अनुसार सुरुमा १ सय जनालाई म्याक ब्यान्ड र ५० जनालाई निःशुल्क एयर बड उपलब्ध गराइने भएको छ । 
पसल भ्रमण गर्ने जो कोहीले पनि लक्की ड्रमा सहभागी हुन पाउने व्यवस्था मिलाइएको खड्काले जानकारी दिए । लक्की ड्र मार्फत स्कुटर उपहार प्रदान गर्न लागिएको उनको भनाइ छ ।
अर्का सञ्चालक रामचन्द्र खड्काले अत्याधुनिक ल्याब र उच्च प्रविधि प्रयोग गरेर मोबाइल मर्मतको व्यवस्था मिलाइएको बताए ।
मोबाइल एक्सचेन्ज अफर मार्फत आइफोन लगायत सम्पूर्ण कम्पनीका फोन एक्सचेन्ज गरिने उनको भनाइ छ ।
पसलको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष भिम बहादुर पौडेलले मोबाइल सेन्टर उद्घाटन गर्दैे युवा व्यावसायिहरूको ऊर्जा र मेहनतले इटहरीको बजारलाई थप चलायमान बनाउन अफर सहितको पसलले ग्राहकहरुको मन जित्ने विश्वास व्यक्त गरे । लामो समय देखी सुस्त रहेको बजार बिस्तारै बढ्न थालेको बताउदै उनले युवाहरूमा व्यावसायिक सोच हुनु सकारात्मक भएको बताए ।




















