इटहरी । शान्तिनगर इङ्ग्लिस स्कुलका विद्यार्थीहरुलाई अग्रजलाई आदर सम्मान र सानालाई  माया गर्ने नेपाली समाजको परम्परालाई जिवन्त राख्न विद्यार्थीहरु लाई ज्ञान दिने उदेश्यले माया घरको अवलोकन गराएको छ ।  

आफ्ना आमा बुबा तथा हजुर आमा हजुरबुबा सरहका वृद्ध वृद्धाहरु सँग भेटेर उहाहरुको समस्या बुझ्ने साथै सानानुभूति र सहयोग गर्ने असल तथा जिज्ञासु विद्यार्थीको विशेषता नै हो , यही विशेषतालाई मध्यनजर गर्दै  इटहरी उपमहानगरपालिका वडा नं २ मा रहेको  शान्तिनगर इङ्ग्लिस स्कुलमा अध्यनरत कक्षा ९ र १० का विद्यार्थीहरुले माया घर नेपालमा आश्रय लिरहेका अग्रजहरु सँग भलाकुसारी गरेका छन ।IMG-20240812-WA0048

उमेर पाको हुँदै जाँदा परिवारका सदस्यहरुको हेला र हाँसोको पात्र हुनुपरे पछि आफनै घर छोडेर वा सन्ततिहरु नभएपछि हेरि दिने मानिस नहुँदा जीवन काट्न कति सकस पर्दोरहेछ भन्ने सहसुस गराउन र त्यस्ता सामाजिक संस्थाहरुले कसरी सहयोग पुर्याइरहेका हुन्छन् भन्ने विषयमा विद्यार्थीहरु लाई जानकारी दिन सहभागी गराएको शान्तिनगर इङ्ग्लिस स्कुलका संचालक बाबुराम खड्काले जानकारी गराए ।

कोशी प्रदेश लगायका जिल्ला बाट पनि आश्रय विहीन आमा बुबाहरुलाई स्थानीय तह तथा प्रहरी प्रशासन बाट सिफारिस सहित आएकालाई राख्ने गरेको विद्यार्थीहरुको प्रश्नको उत्तर दिँदै माया घरका पदाधिकारीले जानकारी दिएका थिए ।

 समाजका विविध क्षेत्राहरुलाई प्रत्यक्षर स्थलगत अवलोकन गरी शिक्षा प्रदान गर्ने उद्देश्यले नियमित रुपमा विद्यार्थीहरुलाई कक्षा कोठा भन्दा बाहिर लगेर शिक्षा प्रदान गर्ने नीति अनुरुप यो अवलोकन भ्रमण गरिएको शिक्षक टेकेन्द्र ढकालले बताए ।

यो विद्यालयले फरक ढंगले सिकाइलाई अवलम्बन गर्दै आएको सहभागि विद्यार्थीहरुले उत्साह व्यक्त गरेका थिए । साथै विद्यार्थीहरुले फलफूल, विस्कुट र खाद्यन्न सहयोग पनि गरेका थिए ।