इटहरी । हिमालय टेलिभिजनद्वारा प्रसारित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ मा इटहरी निवासी सिम्ला धिताल फाइनलिस्टमा पुगेकी छिन् ।                              पिसजोन आवसिय माध्यमीक विद्यालयमा अध्ययनरत सिम्लाले आफ्नो प्रतिभा र दर्शकको मायाबाट यो उल्लेखनीय उपलब्धी हासिल गरेकी हुन् ।

 उत्कृष्ट प्रस्तुति दिएकी सिम्ला अहिले उपाधि जित्नका लागी भोट माग्दै गृहनगर इटहरी  आइपुगेकी हुन ।

काठमाडौंबाट आएकी सिम्लालाई एयरपोट देखिनै आफन्त, साथीभाइ, छिमेकी र नगरवासी तथा पिसजोन आवसिय माध्यमीक विद्यालय लगायतले भव्य स्वागत गरेका छन् ।IMG_20240814_203319

आफ्नो प्रतिभा र मेहनतले यहाँसम्म आइपुगेकी सिम्लाले अब आफ्नो गृहनगरबासीको समर्थन र भोट माग्न आएकी छिन् ।  

सोही अवसरमा इटहरीमा सिम्ला जिताउ अभियान साँगितिक कार्यक्रम सम्पन्न गरेको छ ।IMG_20240814_203402

संगीत साधना प्रतिष्ठान तथा स्थानिय समाजसेवी ब्यवसायी लगायतको सहयोगमा इटहरीको संसगत चोकमा स्टेज कार्यक्रमको आयोजना गरेको हो ।

सिम्ला लाई जिताउन खल्ति एफ मार्फत भोटिङ गर्न वा भोटिङका लागी सहयोग बक्स मार्फट सहयोग गर्न स्थानियहरुमा  लाइ अग्रह गर्दै स्थानिय कलाकारहरुले बेजोड प्रस्तुतीहरु गरेका थिए ।IMG_20240814_203338

कार्यक्रममा अन्जु गौतम,आवाज शेर्पा,भुमा अधिकारी,पृतम आचार्य,रिजन डाँगी,काब्या कार्की,टेनिसा परिवार लगायतले सिम्लालाई  जिताउन आग्रह गर्दै प्रस्तुतीहरु गरेर  मनोरञ्जन गराएका थिए ।

कार्यक्रममा सिम्ला धिताललाई  हौसला प्रदान गर्न कोशी प्रदेश सभासद मिना श्रेष्ठ, जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी ,जिल्ला प्रहरी प्रमुख विपिन रेग्मी,नागरिक समाजका पुर्व अध्यक्ष सन्तबहादुर डुम्जन,पिसजोन आवसिय माविका प्रिन्सिपल केशब भट्टराई तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।