इटहरी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा इटहरी नमुना कलेजले ३० औं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
कलेजले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ भने एस वर्ष ३० औ पटक रक्तदान कार्यक्रममा १ सय ११ जनाले रक्तदान गरेका छन । 
 रक्तदान कार्यक्रममा  विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु, शिक्षक,शिक्षिका लगायतले रक्तदान गरेका थिए । 
अहिले जसरी रगतको अभाव देखिएको छ र अभाव नहोस भनेर एउटा शैक्षिक संस्थाले सामाजिक जिम्मेवारी पुरा होस भनेर विद्यार्थीहरुले रक्तदान गरेका छन ।
 यस्ता कार्यक्रमले नयाँ पुस्ता लाई पनी रगत दान गर्दा धेरै मानिसले नँया जिवन पाउछन रगत दान गरेर पनी आफ्नो स्वास्थ्यमा केही हानि हुदैन भनेर सचेतना होस भनेर विद्यार्थीहरुलाई सहभागी गराएको सामाजिक कार्य विभाग प्रमुख तथा कार्यक्रम संयोजक नितेश गौतमले बताए ।WhatsApp Image 2024-08-12 at 18.08.03
रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र विराटनगरको प्राविधिक सहयोगमा भएको थियो ।
कलेजले स्थापनाकाल देखि नै युवा तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको र सोही कार्यक्रमको निरन्तरता स्वरुप विभिन्न कार्यक्रम मार्फत युवा विद्यार्थीहरुलाई समाज र देशप्रति जिम्मेवार बनाउन किताबी ज्ञान सँगै सिप र प्रविधिमा जोड दिदै विद्यार्थीहरू लाई उत्प्रेरित गर्दै आएको छ ।WhatsApp Image 2024-08-12 at 18.08.05 (1)