इटहरी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लायन्स क्लब अफ इटहरी र लियो क्लब अफ इटहरी सुनसरीको अयोजनामा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम समपन्न गरेको छ । 

युवा पुस्तालाई दुब्र्यसन बाट जोगाउने उद्देश्यले लागु औषध दुब्र्यसन मुक्त विद्यालय, लागु औषध दुब्र्यसन मुक्त समुदाय लगायतमा जोड दिँदै इटहरीमा रहेका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीहरु लाई सचेतना दिने उदेश्यले लागुऔषध विरुद्ध सचेतना कार्यक्रमको आयोजना गरेको लायन्स क्लब अफ इटहरी,सुनसरीका अध्यक्ष तो बहादुर पुरीले जानकारी दिए । 

इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक रमेश बनले लागु औषध प्रयोगकर्ताहरु लाई हुने कानुनी कार्वाही लगायतका विषयमा जानकारी गराएका थिए भने जागरण आरोगय समुह नेपालका प्रतिनिधि जमुना खत्री र मिना भण्डारीले लागु औषध प्रयोग गरेका मानिसहरुमा देखा पर्ने समस्या र लागु औषध सम्वन्धि सचेतना गिायतका विषयमा सहजिकरण गरेका थिए । WhatsApp Image 2024-08-12 at 18.08.16

कार्यक्रममा पिसजोन आवसिय मावि ,पुर्वाञ्चल मावि,राष्ट्रिय मावि र मकालु इग्लिस स्कुलका एक सय बढी विधार्थीहरुको सहभागिता रहेको थियो । 

लियो क्लब अफ इटहरीका अध्यक्ष सजिवन राईको अध्यक्षता तथा लायन्स जिल्ला एरिया चारका चिफ कोडिनेटर थानेस्वर ढकालको प्रमुख आतिथ्यमा भएको थियो ।