इटहरी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा उद्यमी मञ्चले आयोजना गरेको  रक्तदान कार्यक्रममा १ सय ९ पिन्ट रगत संकलन  गरेको छ । 

स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने विरामीहरुलाई आवश्यक पर्ने रगत अभाव नहोस भनेर अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

रक्तदान कार्यक्रममा युवा उद्यमी, व्यवसायी,विद्यार्थी, संघ सस्थाका प्रतिनिधीहरु लगायत १ सय ९ जनाले रगत दान गरेको नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सिदार्थ श्रेष्ठले जानकारी दिए ।WhatsApp Image 2024-08-12 at 18.08.06

इटहरीको संगित चोकमा भएको कार्यक्र जर्मन पौडेलको संयोजनमा भएको रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा भएको थियो ।

युवा उद्यमी तथा व्यवसायीहरुको साझा संस्था नेपाल युवा उद्यमी मञ्च भएकोले विभिन्न समयमा सामाजिक गतिबिधीहरु संचालन गर्दै आएको र आगामी दिनमा युवा उद्यमीहरु केन्द्रित कार्यक्रमहरु गर्दै जाने पनी मञ्चका अध्यक्ष श्रेष्ठ जानकारी दिए ।