इटहरी । हिमालय टेलिभिजनद्वारा प्रसारित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ मा इटहरी निवासी सिम्ला धिमाल फाइनलिस्टमा पुगेकी छिन् । 

पिसजोन आवसिय माध्यमीक विद्यालयमा अध्ययनरत सिम्लाले आफ्नो प्रतिभा र दर्शकको मायाबाट यो उल्लेखनीय उपलब्धी हासिल गरेकी हुन्। उत्कृष्ट प्रस्तुति दिएकी सिम्ला अहिले उपाधि जित्ने दाउमा छिन्। यसै सिलसिलामा उनी गृहनगर इटहरी  आइपुगेकी छिन्। 

काठमाडौंबाट आएकी सिम्ला लाई आफन्त, साथीभाइ, छिमेकी र नगरवासीले भव्य स्वागत गरेका छन् । 

गृहनगरमा आएर खुशी साटेकी सिम्लाले आफ्नो सफलताको श्रेय परिवार , संगीत साधना प्रतिष्ठान , अग्रजहरु को हौसला र दर्शकको माया र साथलाई दिएकी छिन्। आफ्नो प्रतिभा र मेहनतले यहाँसम्म आइपुगेकी सिम्लाले अब आफ्नो गृहनगरबासीको समर्थन र भोट माग्न आएकी छिन् ।  आफ्नो हाँसो र चञ्चले स्वभावका कारण पनि सबैका प्रिय बनेका सिम्लाले सबैको मन जित्दै आएकी छिन ।WhatsApp Image 2024-08-12 at 18.08.08

सोही विषयमा जानकारी दिन इटहरीको इन्टुरिष्ट होटेलमा पत्रकार सम्मेलन गरी सिम्लालाई जिताउन अनुरोध गर्दै साउन २९ गते मंगलबार बेलुका ५ बजे इटहरीको संगीत चोकमा  सिम्लालाई भोट माग्नका लागी प्रीतम आचार्य, रिजन डाँगी, सिम्ला धिताल, टेनिसा परियार लगायतको प्रस्तुती रहेको  संयोजन नागरीक समाज इटहरीले गरेको छ । 

दर्शकको माया र साथ पाएकी सिम्लालाई खब भने अत्याधिक भोटको आवश्यक्ता रहेको र अत्याधिक भोट जुटाउनका लागी उनको परिवार र इटहरी वासी पनी लागी परेका छन । 

२९ गते बेलुका ५ बजे इटहरीको संगीत चोकमा  हुने सास्कुतीक कार्यक्रममा सामुहिक रुपमा प्रीतम आचार्य, रिजन डागी, सिम्ला धिताल, टेनिसा परियारले अपिल गरेका छन ।  आउँदो शनिबार फिनाले आयोजना हुँदैछ र सोही दिन बेलुका ७ बजेसम्म भोटिङ लाइन खुला रहने आयोजकले जनाएको छ । 

इटहरीमा हुने कार्यक्रम लाई पुवाञ्र्चल साउण्डले साउण्ड सिस्टम र स्टेज सहयोग गर्ने छ भने नागरिक समाजका वरिष्ठ उपाध्यक्ष आरके राईले भोटिङका लागी नगद दश हजार सहयोग गरेका छन् ।