इटहरी । नेपाल कानुन ब्यवसायी परिषदको ३१ औं वार्षिकोत्सब कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।
परिषदको ३१ औं स्थापना दिवसको अवसरमा ओजित कार्यक्रममा बोल्दै नेपाल बार एसोसियसन कानुन ब्यवसायीहरुको नियमन गर्ने निकाय भएता पनी ब्यवसायीहरुको हकहितका लागि कार्य गर्दै आएको सहभागीहरुले बताएका छन् ।
कानुन ब्यवसयीहरु प्यान तथा भ्यटमा दर्ता गरेर ब्यवसायी गर्दै आएको र बिधेयक संसोधन गरेर सहज तरिकाले ब्यवसाय गर्ने बातवरण बनाउन आग्रह गरेका छन् । कार्यक्रममा सुनसरी, मोरङ ,झापा र इलाम लगायतका जिल्लाका अधिवक्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले पहाडी जिल्लामा बसेर यो व्यवसायलाइ अगाडी बढाउने र आफैलाइ कानुन व्यवसमयीको रुपमा स्थापित गर्दै जाने र कानुन व्यवसायीले सिमित मुद्धाहरुको बिचमा सहि तरिकाले काम गर्दै गरेका व्यवसायीहरुले नेपाल बार एशोसियसनमा रहेर विभिन्न जिल्लामा धेरै कानुन व्यवसायी रहेका छन कतिपय व्यवसायिहरुले धेरै साथ र अभ्यासमा रहेका छन भने सानो दायरा हुदाहुदै पनि साहस गरेर काम गरेकाहरु लाई शुभकामना दिएका थिए ।
नेपाल कानुन व्यवसायी परिषदको ३१ औ वार्षिक उत्सवको अवसरमा नेपाल कानुन व्यवसायी परिषद्को परीक्षामा उत्तीर्ण गरीे दुर्गम पहाडी जिल्ला पाँचथरमा रहेर कानुन व्यवसाय सुरु गरेको भन्दै अधिवक्ता सरस्वती तामाङले २०२९ सालदेखि कानुन व्यवसायी पेशामा निरन्तर कानुन र न्यायको क्षेत्रमा योगदान पु¥याएको भन्दै भवनी प्रसाद कोइराला तथा ताप्लेङजुङ जिल्ला अदालत बार इकाइले पनि बिकट पहाडी जिल्लामा आफुनो भवन निमार्ण गरेर नागरिकहरूको न्यायको क्षेत्रमा सहज गरेकोमा बार इकाइलाई कार्यक्रमका प्रमुख अतिथीले सम्मान पत्रसहित सम्मान गरिएको छ ।
नेपाल कानुन ब्यवसायी परिषदका अध्यक्ष प्रेमप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्ल अधिकारी , नेपाल बार एशोसियसन सुनसरी अध्यक्ष विरेन्द्र बहादुर बस्नेत , मोरङका अध्यक्ष कल्याण केसी,झापाका अध्यक्ष नारायण भट्टराई लगायतको सहभागिता रहेको थियो ।




















