इटहरी । हाम्रो इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीसँग ज्येष्ठ नागरिक कार्यक्रम सम्पन्न गरेको छ ।
ज्येष्ठ नागरिकहरु जिवित इतिहास रहेको हुदा विद्यालयमा अध्यानरत विद्यार्थीहरु लाई विगतमा पुस्ताहरुमा हुने गरेका भोगाई र त्यो बेलाको रहन सहनको अवस्थाका बारेका विद्यार्थीहरु लाई जानकारी दिने उदेश्यले विद्यार्थी सँग ज्येष्ठ नागरिक कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक तेजबहादुर निरौलाले जनकारी दिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरु संग पहिले पहिले पहाडबाट मानिसहरु मधेस झर्न डराउँथे, बाल्यकालका बारेमा, स्कुल र कलेज जीवनका बारेमा कुन पेशामा आबद्ध, काम गर्दा कस्ता कस्ता चुनौतिहरु, जीवनकालमा गरेका महत्त्वपूर्ण कामहरु के के हुन् बितेको समयलाई फर्केर हेर्दा ,पहिले पहिले गाउँघरमा चाडपर्व कसरी मनाइन्थ्यो जस्ता प्रस्नहरु सोधेका थिए । 
कार्यक्रमका अतिथी ज्येष्ठ नागरिकहरु कमानबहादुर बटुवाल , चेवनप्रसाद खरेल, मनमाया निरौला, पूर्व सांसद सर्वध्वज साँवाले विद्यार्थीहरुको प्रस्नको उत्तर दिएका थिए ।
प्रधानाध्यापक तेजबहादुर निरौलाको अध्यक्षता तथा हाम्रो इङ्लिस बोर्डिङ स्कुलकी अध्यक्ष अमृता सुब्बाको प्रमुख आतिथ्यमा भएको थियो ।




















