इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आयोजनामा  एक दिने लेखा तथा कर सम्बन्धि तालिम सम्पन्न गरेको छ । 

उद्योगी तथा व्यवसायिहरुलाइ कर सम्बन्धी विभिन्न कुराको जानकारी होस भन्ने उदेश्यले एक दिने तालिमको आयोजना गरेको हो । 

आन्तरिक राजश्व कार्यालय इटहरीको समन्वय तथा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको सहजकर्ता रहेको कार्यक्रममा इटहरी क्षेत्रका ७० जना उद्योगी तथा व्यवसायिहरुको सहभागिता रहेको तालिममा थियो । 

उद्योगी तथा व्यवसायिहरुलाइ भोलिका दिनमा  करका विषयमा अज्ञान नहोस भ्याटका विषयमा विवरण नबुझएर व्यवसायहरुले ठुलो जरिवानामा नपरुन भनेर कर तथा लेखा सम्बन्धी तालिमको आयोजना गरेको हो । IMG_20240808_184536

साथै, व्यवसायी आफैलाइ कर कार्यलयमा गएर आफ्नो व्यवसाय भ्याटमा लिएका थिए  । 

बढि मात्रमा अहिले देखिएको ६ नम्बर वडाका व्यवसायीले धेरै विवरण नबुझएकाले जरिवाना बढि भएको विवरण आएको उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलिले बताए । 

तालिममा आन्तरिक राजश्व कार्यालयका अधिकृत सुरेस महतोले  लेखा तथा कर सम्बन्धि विभिन्न विषयमा पहजिकरण गरेका थिए । 

तालिम महेश पौडेलको संयोजनमा भएको कार्यक्रम आन्तरिक राजश्व कार्यालयका प्रमुख अर्जुन न्यौपानेको प्रमुख आथित्यमा भएको कार्यक्रममा विभिन्न संघ,सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।