इटहरी । किवानिस क्लब नेपालको छैठौं राष्ट्रिय सम्मेलन इटहरीमा हुने भएको छ । 

विहिवार पत्रकार सम्मेलन गरी इटहरीमा पहिलो पटक साउन २५ र २६ गते राष्ट्रिय सम्मेलन सोल्टी वेस्टेन्ड होटलमा आयोजना हुन लागेको हो ।

विभिन्न प्रकारका कल्याणकारी र परोपकारी गतिविधिहरू गर्दै बालबालिकाको जीवनमा सुधार ल्याउने उदेश्यका साथ विश्वव्यापी स्वयंसेवी संस्थाको रुपमा क्लबले  स्वास्थ्य, शिक्षा, पोषण र साक्षरता, खेलकुद, वातावरण संगै नेतृत्व विकास जस्ता पाँचवटा विषयवस्तु अन्तर्गत गतिविधिहरू संचालन गर्दै आएको छ ।

यस छैठौं राष्ट्रिय सम्मेलन बाट आगामी ३ वर्षका लागि नेतृत्वका लागी भाईस गर्भनर चयन गर्ने किवानिस नेपालका डिष्ट्रिक गर्भनर तीर्थ कुमार सिंहले बताए । 

किवानिस नेपालको छैठौं राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको र सम्मेलनमा आउने सहभागीहरुका राम्रो ब्यवस्थापन गर्ने र यो कार्यक्रममा अझ आकर्षणका लागी   स्थानिय उत्पादनको स्टल राखेर पुर्वमा उत्पादन भएका बस्तुहरुको प्रर्दशन गरेर त्यसको प्रवर््ाद्धनका लागी स्टलहरु राखिने किवानिस क्लब अफ इटहरीकी अध्यक्ष मनिता तामाङले बताइन । 

नेपालमा १ सय ३८ क्लबहरू रहेका छन भने २३ सय भन्दा बढी सदस्यहरू रहेको क्लबले इटहरीमा पनी बालबालिकाकोे भविष्यलाई मध्यनजर गर्दै काम गरिरहेको छ ।

यो सम्मेलन पुर्वी नेपालमा पहिलो पटक गर्न लागेको कार्यक्रममा ताइवान,फिलिपिङस र भारत बाट पनी सहभागी हुने यो कार्यक्रमले स्थानिय पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने  महाधिवेशन संयोजक सुहाङ फेवा लिम्बु बताउछन । 

स्थापनाको छोटो अवधिमा किवानिस नेपालले अन्तर्राष्ट्रिय क्षेत्रको ३ वटा अन्तर्राष्ट्रिय पदको नेतृत्व गर्ने सुनौलो मौका पाएको छ जसमा मोहन लम्साल, बाबुकृष्ण कार्की ,सुजनकुमार श्रेष्ठ किवानिस एसिया प्यासिफिक क्षेत्रीय अध्यक्ष बनेको जानकारी दिए । 

शुक्रबार  विहान इटहरी देखि बेलबारी सम्म मोटरसाईकल र्याली गर्ने र कार्यक्रममा नौमती बाजाले स्वागत गर्ने सम्मेलन संयोजक, किरण पराजुलीले जानकारी दिए । 

 जिल्लाको छैठौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा मुख्यमन्त्री हिक्मत कुमार काकीर्को प्रमुख अतिथि रहने छ । 

पत्रकार सम्मेलनमा किवानिस जिल्ला सचिव युवराज न्यौपाने, जिल्ला कोषाध्यक्ष शिवबहादुर काफ्ले लगायतको उपस्थिति रहेको थियो ।