इटहरी । लायन्स इन्टरनेशनल अन्तरग रहेका लायन्स ,लियो क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरीको दुर्गा पाटी प्यालेसमा भएको कार्यक्रममा भारती श्रेष्ठ अध्यक्षतामा लायन्स क्लब अफ इटहरी मनकामना लगायतको नँया कार्य समितीको पदस्थापन गरिएको हो ।
लायन्स क्लब अफ इटहरी मनकामनाका नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा सिनेट रिजाल , सचिबमा विजया प्याकुरेल, भिम बहादुर श्रेष्ठ,सदस्यहरुमा तेजस्वी रिजाल,पृथ्विया थापा, रनिस घिमिरे,धिरज साह,सन्तोष पुरी, विदुर आचार्य र रचना श्रेष्ठ चयन भएका छन ।
त्यस्तै लियो क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष प्रतिभा अधिकारी,प्रथम उपाध्यक्ष मनिसा खड्का, द्धितिय उपाध्यक्ष शान्ती दाहाल, सचिवमा कृतिका उप्रेती,कोषाध्यक्षमा सृष्टी दाहाल र स्वर्णिमा अधिकारी सदस्यहरुमा करन प्याकुरेल,रोजी श्रेष्ठ, रचित श्रेष्ठ,मनिसा ढकाल,ईशा दाहाल,प्रसंषा अधिकारी,अंस श्रेष्ठ रहेका छन् ।
लायन्स क्लब इटहरी प्रोफेसनलका अध्यक्ष सुमन भट्टराई र लायन्स क्लब इटहरी सिटिजन्सका अध्यक्ष ढुण्डीराज गुरागाँई, लियो क्लब इटहरी प्रोफेसनलका अध्यक्ष बिरेन बसनेत लगायतलाई कार्यक्रका प्रमुख अतिथी लायन्स डिष्ट्रिक ३२५ सीका गर्भनर विकास अधिकारीले पदस्थापन गराइ सपथ गराएका थिए ।
लायन्स क्लब इटहरी सिटिजन्सका अध्यक्ष टंक फुयलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा लायन्स क्लब अफ इटहरी सुनसरीका अध्यक्ष तेज बहादुर पुरी , एरिया चारका चिफ कोडिनेटर थानेस्वर ढकाल, लायन्स क्लब अफ इटहरी मनकामनाकी सस्थापक अध्यक्ष सुमी थापा लगाएको उपस्थीति रहेको थियो ।