इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक सप्ताह अन्तरगत स्टेसनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सप्ताह कार्यक्रमको पाँचौ दिन इटहरी ५ मा रहेको रक्तमाला आधारभुत विद्यालयमा अध्यनरत विपन्न परिवारका बालबालिकाहरुलाई पठन पाठन संगै खेलकुदमा सहयोग पुर्याउने उद्धेश्यले लायन्स अंकित कपी, स्टेसारी र खेलकुद समाग्रीहरु वितरण गरिएको हो ।
विद्यालयमा निम्न परिवारका बालबालिकाहरु अध्यनरत विद्यार्थीहरुका लागी गठन पाठन र खेलकुदका लागी केही सहयोग पुगोस भनेर २ सय ५० थान कापी,पेसन्सल,इलेजर,फुटबल,लुडो लगायतका सामाग्रीहरु वितरण गरिएको लायन्स क्लब अफ इटहरी सुनसरीका अध्यक्ष तेज बहादुर पुरीले जानकारी दिए ।
कार्यक्रममा रक्तमाला आधारभुत विद्यालयका प्रधानध्यापक भगतचन्द्र राईले विद्यालयका विद्यार्थीहरु आफैमा खेलकुदका सामाग्रीहरु खरिद गर्ने अवस्था नभएको र बालबालिकाहरु लाई पठन पाठन संगै खेलकुद पनी आस्यक रहेको महसुस गरेर यो सामाग्रीहरु उपलब्ध गराएकोमा खुसी ब्यक्त गरे ।
वितरण कार्यक्रममा लायन्स क्लब अफ इटहरी सुनसरी ,लायन्स क्लब इटहरी प्रोफेसनल ,लायन्स क्लब इटहरी सिटिजन र लियो क्लबहरुको सयुक्त आयोजनामा स्टेसनरी सामाग्रीहरु वितरण गरिएको हो ।
लायन्स डिष्ट्रिक ३२५ सीका गर्भनर विकास अधिकारीकोे प्रमुख अतिथ्यमा भएको कार्यक्रम एरिया चारका चिफ कोडिनेटर थानेस्वर ढकाल, लायन्स क्लब अफ इटहरीका सचिव पेसल कुमार लम्साल, इटहरी प्रोफेसनलका अध्यक्ष सुमन भट्टराई, लगायतको सहभागिता रहेको थियो ।