इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक सप्ताह अन्तरगत आँखा ,दाँत परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

सप्ताह कार्यक्रमको चौथो दिन इटहरी स्थिति लक्ष्मी माबिमा संयुक्त निः शुल्क आँखा तथा दाँत परिक्षण गरिएको हो ।  

लक्ष्मी माबिमा अध्यनरत विद्यार्थी तथा स्थानियहरुमा हुने आँखा र दाँतको स्वास्थ्यलाई मध्यनजर गर्दै एक दिने निःशुल्क आँखा तथा दाँत परिक्षण कार्यक्रमको आयोजना गरेको लायन्स क्लब अफ इटहरी सुनसरीका अध्यक्ष तेज बहादुर पुरीले जानकारी दिए । 

लायन्स क्लब अफ इटहरी सुनसरी ,लायन्स क्लब इटहरी प्रोफेसनल ,लायन्स क्लब इटहरी सिटिजन  ,लायन्स क्लब लबिपुर र लियो क्लबहरुको सयुक्त आयोजना गरेको कार्यक्रममा एक बढीको आँखा जाँच गएिको छभने ८० जनाको दाँतको परिक्षण गरिएको आयोजकले जानकारी दिएको छ ।

नवदृष्टी आँखा अस्पताल र भावना डेन्टल क्लिनिकको प्रविधिक सहयोगमा भएको थियो ।WhatsApp Image 2024-08-05 at 15.18.27

त्यस्तै ज्योति मा बिमा अध्यनरत विद्यार्थीहरु लाई लागु औषध सम्बन्धि सचेना मुलक कार्यक्रम गरेको छ ।

 इलाका  प्रहरी कार्यलयका इनिस्पेक्ट सम्भु बस्नेत र अभियन्ता  शृष्टि भट्टराईले सहजिकरण गरेका थिए ।

कार्यक्रममा एरिया चारका चिफ कोडिनेटर  थानेस्वर ढकालको प्रमुख आतिथ्य तथा  रिजन चियर पर्सन पिताम्बर पोख्रेल, जोन चियर पर्सन टंक फुयाल लगायतको सहभागिता रहेको थियो ।