इटहरी । लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको सप्ताब्यपी कार्यक्रम अन्तरगत लायन्स अंकित कपी प्यान्सील वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

इटहरी ४ मा रहेको कचना माध्यमिक विद्यालयमा अध्यनरत विपन्न परिवारका बालबालिकाहरु लाई पठन पाठनमा सुविधा होस भनेर एक सय बढी विद्यार्थिहरु लाई कपी,पेनसिल, डटपेन वितरण गरिएको हो ।

  लायन्स क्लबले सामाजिक कार्य अन्तरगत खाना,नाना र छाना भन्ने अभियान संगै विभिन्न कार्यहरु गर्दै आएको र यँहा रहेका विद्यार्थीहरुका लागी आवस्यक सहयोग गर्नु परेमा क्लबले पुरा गर्ने लायन्स डिस्ट्रिक ३२५ सीकी न्यू भ्वाइसेस मार्केटिङ कोर्डिनेटर सुमी थापाले बताइन । WhatsApp Image 2024-08-04 at 13.40.45

कचना माविका प्रधानध्यापक हरि शंकर घिमिरेले यो स्कुल हेर्दा मात्र ठुलो छ तर यस भित्र विपन्न परिवारका छोरा छोरी र निःसाहय बालबालिकाहरु पठ्ने गरेका छन् । स्कुल सङ्ग केही स्रोत नभएको हुदा यो लायन्स क्लब इटहरी मनोकामनाले गरेको सहयोगले विद्यार्थीका लागी धेरै ठुलो सहयोग भएको बताए । 

लायन्सको नेतृत्वमा हेको क्लबले समाजमा धेरै खालको समस्यहरु हुन्छन , जहाँ समस्या त्यहा लायन्स भन्ने नाराका साथ कपि बितरण गरेर शिक्षाको ज्योति बढाउन सहयोग पुगेको कार्यक्रमका प्रमुख आतिथी  ४ नम्बर एरिया चिफ कोडिनेटर थानेश्वर ढकालले बताएका छन । WhatsApp Image 2024-08-04 at 13.40.39

लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ सीका गर्भनर विकास अधिकारी,इटहरी ४ का वडा अध्यक्ष भक्त बहादुर  लामा,

कचाना टोल विकास सस्थाका अध्यक्ष कृष्ण  श्रेष्ठ , इटहरी मनकामनाकी सचिव बिजया प्याकुरेललगायतले वितरण गरेका थिए ।