इटहरी । सुनसरीको इटहरीमा रहेको सीबी कलेजले विभिन्न कार्यक्रम गरी विद्यार्थीहरुलाई स्वागत तथा विदाई, कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न संकायमा भर्ना भएका कक्षा ११का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उर्तिण गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी सीबी कलेजले विदाई गरेको हो ।
स्वागत तथा विदाई कार्यक्रममा कक्षा ११मा अध्ययनका लागि आएका एक सय पँचास विद्यार्थीलाई स्वागत तथा कक्षा १२का एक सय पँचास जना विद्यार्थीलाई विदाई गरिएको हो ।
कार्यक्रमका वत्ताहरुले पढाई संगै जिवन स्तर उकास्न शिक्षालाई समाज सगं जोड्दै पेसा,व्यवसायसगं कसरी जोड्ने विषयमा कलेजले सिकाउनु पर्ने र विद्यार्थीहरुले पनी ध्यान दिनु पर्ने बताएका छन् ।
साथै कक्षा १२ की कानुन संकायमा कलेज टपर अनिता बस्नेत र विभन्न बिदामा उकृष्ट विद्र्याथीहरु लाइ पनी कलेजले सम्मान तथा पुरस्कृत गरेको कलेजका प्राचार्य खेमराज बास्तोलाले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीहरुको हौसला बढाउन चर्चित गायक श्रीकृष्ण लुईटेल बोकेद्रारीले प्रस्तुती गरेर विद्यार्थीहरूलाई नचाएर मनोरञ्जन गराएका थिए भने सहभागी विद्यार्थीहरूले आफूभित्र भएको कलालाई स्टेजमा प्रस्फुटन गर्दै नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।
सीबी कलेजमा होटल व्यवस्थापन , विज्ञान , व्यवस्थापन , कानुन विषय पठन पाठन गराउदै आएको छ । 
कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख द्रोण दाहालको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत तथा विदाई कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका थिए । 
कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, नेपाल रेढक्रस सोसाइटी इटहरीका सभापती दिनेश कुमार भट्टराई,डिभिएम स्कुलका प्रिन्सिपल डाक्टर बेणु सिटौला लगायत कलेज संचालक ,शिक्षक ,शिक्षिकाहरुको सहभागिता रहेको थियो ।




















