इटहरी । लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको सप्ताब्यपी कार्यक्रम अन्तरगत एक छाक खाना तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

इटहरी ५ मा रहेको भ्वइस अफ चिल्डे«नमा आश्रय लिरहेका १६ जना बालकहरु लाई खानाको ब्यवस्थापन साथै फलफुल वितरण गरिएको हो ।

  बलकहरुको आफन्ता नभएका कारण सडक जिवन बिताइरहेकाहरुको भ्वइस अफ चिल्डे«नले उनिहरुको उद्धार संरक्षण गरेर परिवारहरु संग पुर्नस्थापन गराउदै आएको हाल १६ जनालाई शिक्षा,क्षमता अभिबृद्धीका कार्य गर्दै आएको र यो कार्यक्रमले उनीहरुमा अभिभावकको महसुस भएको भ्वइस अफ चिल्डे«नका परियोजक प्रकास परियारले बताए ।WhatsApp Image 2024-08-03 at 18.41.10

लायन्स क्लबले सामाजिक कार्य अन्तरगत खाना,नाना र छाना भन्ने अभियान संगै विभिन्न कार्यहरु थर्दै आएको र यँहा रहेका बालकहरुका लागी आवस्यक सहयोग गर्नु परेमा क्लबले पुरा गर्ने कार्यक्रमकी प्रमुख अतिथी लायन्स डिस्ट्रिक ३२५ सीका न्यू स्वाइसेस मार्केटिङ कोर्डिनेटर सुमी थापाले बताइन । WhatsApp Image 2024-08-03 at 18.49.57

लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लियो क्लब अफ मनकामनाकी अध्यक्ष प्रतिभा अधिकारी,बेलगाछी महिला समुहकी कोषाध्यक्ष दिपा गड्तौला,लायन्सका कोषाध्यक्ष भिम बहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । 

सप्ताब्यपी कार्यक्रम अन्तरगत सरसफाई, स्टेसनरी वितरण लगायको कार्यक्रमहरु रहेको लायन्स क्लब अफ इटहरी मनकामनाकी सचिव बिजया प्याकुरेलले जानकारी दिइन ।