इटहरी । किताबी ज्ञान सँगै सिप र प्रविधिमा जोड दिदै विद्यार्थीहरू रोजाइमा पर्दै आएको इटहरीस्थित नमुना कलेजले विभिन्न कार्यक्रम गरि नयाँ विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
कक्षा ११ का विभिन्न संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कलेज परिसरमै एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो ।
४ सय ५० जना विद्यार्थीलाई स्वागत तथा कक्षा ११का वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थीहरूलाई कदरपत्रले सम्मान गरिएको नमुना कलेजका प्रमुख धर्म न्यौपानेले जानकारी दिए ।
पढाइलाई जिवन संग शिक्षालाई समाज सगं जोड्दै पेसा,व्यवसायसगं कसरी जोड्ने विषयमा कलेजले सिकाइ रहेको छ ।
कलेजको इतिहासमा यो सस्था २५ औँ वर्षमा प्रवेश गरेको छ र यो वर्ष रजत जयन्ती मनाउदैन आएको छ । 
लाइफ स्किलको जमना हो र स्किलको विकास गरेन भने पढाइको सटिपिकेटले केहि हुदैन र पढाइसँगै सिपलाई पनि जोड्न आवस्यक रहेको इटहरी नमुना कलेजका अध्यक्ष केशव खड्काले बताए ।
कार्यक्रममा विद्यार्थीहरुको हौसला बढाउन राष्ट्रिय कलाकार सलोन बस्नेत लाई सहभागी गराएर केही प्रस्तुती गरेका थिए भने अर्का आकर्षक इटहरीका हास्य कलाकारको रूपमा परिचित कुशल नृत्य,निर्देशक समेत रहेका तुलसी घिमिरेले विभिन्न गीतहरू गाएर विद्यार्थीहरूलाई नचाएर मनोरञ्जन गराएका थिए ।
सहभागी विद्यार्थीहरूले आफूभित्र भएको कलालाई स्टेजमा प्रस्फुटन गर्दै नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।
कलेज प्रमुख धर्म न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड कोसी प्रदेशका कार्यवाहक प्रमुख जीवन गडतौलाको प्रमुख आथित्यमा भएको थियो ।




















