इटहरी । लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको सप्ताब्यपी कार्यक्रम अन्तरगत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । 

इटहरी ४ को मनकामना टोल र बेलगाछी टोल हरियालीका साथै सौदर्यकरणमा जोड दिदै असोकका विरुवाहरु  रापिएको हो ।

 वृक्षरोपण कार्यक्रममा बेलगाछी महिला समुह, बेलगाछी टोल विकास सस्था र मनोकमना टोल विकास सस्थाका प्रतिनिधीहरुको सहभागितामा एक सय पँचास असोकको विरुवा रोपिएको र त्यसको सुरक्षाका लागी तारजाली समेत लगाएको  लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठले जानकारी दिइन ।WhatsApp Image 2024-08-02 at 18.57.19 (1)

४ नम्बर एरिया चिफ कोडिनेटर थानेश्वर ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रम श्रि स्थानिय टोल वासीहरु लगायतको सहभागितामा वृक्षरोपण कार्यक्रम समपन्न गरेको छ । 

सप्ताब्यपी कार्यक्रम अन्तरगत भोकालाई भोजन,सरसफाई, स्टेसनरी वितरण लगायको कार्यक्रमहरु रहेको लायन्स क्लब अफ इटहरी मनकामनाकी सचिव बिजया प्याकुरेलले जानकारी दिइन ।