इटहरी । बस पार्क ब्यवस्थापन समिति इटहरीको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

पुर्वकै केन्द्रको रुपमा रहेको इटहरी उपमहानगर पालिका ९ मा रहेको बस पार्क ब्यवस्थापन समितिले इटहरी ९ मा रहेको प्रफेक्ट एकडेमीको परिसरमा भएको साधारण सभा कार्यक्रमको आयोजना गरेको हो । 

इटहरी बस पार्क क्षेत्रलाई समितिले यातायात आवत जावतमा सहज बनाउदै सवारी साधन लाई मर्यादित ब्यवस्थित गर्न समय तालिका बनाएर संचालन भइरहेको र बस पार्क क्षेत्रको सौन्दर्यकरणका लागी हरियाली बनाउन बृक्षरोपण सिसि टिभी बिस्तार , बत्ती मर्मत,ट्राफिक संकेत चिन्न्ह निर्माण ,,डुबान ब्यवस्थापन ,बस पार्कमा रहेको होटेलहरु लाई ब्यवस्थित गर्दै बिकृती बिसंगती नियन्त्रण अभियान जस्ता कार्यक्रमहरु संचालन गरेर ब्यवस्थित बनाउदै सामाजिक कार्यमा अगाडी बढ्दै आएको  विषयमा बस पार्क ब्यवस्थापन समितिका अध्यक्ष काजी कुमार राईले प्रतिवेदन प्रस्तुत गरेका थिए । WhatsApp Image 2024-07-27 at 17.49.13

समिती मार्फत गरिएको आर्थिक आय ब्यायको प्रतिवेदन समितिका कोषाध्यक्ष रादेश श्रेष्ठले प्रस्तुत गरेका हुन । 

काजी कुमार राईको अध्यक्षता तथा इटहरी वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख अतिथीमा भएको कार्यक्रममा बस पार्क ब्यवस्थापन समितिका सस्थापक अध्यक्ष बाबुराम गिरी, प्रगतीमार्ग टोल विकाश संस्था कमल रेग्मी, नेपाल यातायात मजदुर संघका केन्दिय उपाध्यक्ष कमल राई, समितीका सचिव राम कुमार गिरी इटहरी वडा नम्बर ९ का वडा सदस्यहरुको सहभागिता रहेको थियो ।