इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आयोजना १० दिने सिप स्तरोन्नती तालिम सम्पन्न भएको छ ।
उद्योग संगठन मोरङ र हेल्भिटास नेपालको प्राविधिक सहयोगमा असार २१ गते देखी संघको सभाहलमा संचालन भएको सिप स्तरोन्नती तालिमको आइतबार समापन भएको छ ।
उक्त तालिममा इटहरी उपमहानगर पालिका भित्रका रहेका ठुला उद्योग, होटल लगायतमा कार्यरत इलेक्टिसियनहरु अझ दक्ष बनाउने उद्धेश्यले १० दिने एडभान्स तालिम गराएको हो ।
तालिममा बढी विद्युत खपत हुने उद्योग, होटलहरुमा हुने विद्युतका कारण आगलागी,विद्युत चुहावट ,मिटर रिडिङ सम्बन्धी प्राविधिकहरुलाइ तालिमको आयोजना गरेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए ।
इटहरीको २० वटै वडाका २० जनाको सहभागिता रहेको तालिमका प्रशिक्षक संजय साह र मुकेश गोश्वमीले सहजिकरण थिए भने तालिममा सहभागिहरु लाई प्रमाण पत्र वितरण गरिएको छ ।
केही दिन अगाडी पनी संघले महिला उद्यमीहरु लाई तालिम दिइसकेको छ भने आगामी दिनमा पनी उद्योगी ,ब्यवसायीहरुका लागी बजार प्रबद्र्धन हुने कार्यक्रमहरु ल्यउने पनी जानकारी दिएको छ ।
जिवन पराजुलीको अध्यक्षता तथा उद्योग संगठन मोरंगका महानिर्देशक चुडामनी भट्टराइको प्रमुख आतित्थ्यतामा भएको समापन कार्यक्रममा होटल ब्यवसायी संघ इटहरीका अध्यक्ष जय प्रसाद उपाध्याय ,रेडिमेड ब्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ ,इन्सीयोर परियोजनाका अधिकृत घनश्याम लिम्बु,उद्योग संगठनका कार्यक्रम संयोजक सन्दीप चौधरी लगायतको सहभागिता रहेको थियो ।