इटहरी । साहित्यिक क्षेत्रमा उल्लेखनीय भुमिका र योगदान गरेको भन्दै आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसर पारेर इटहरी साहित्यिक समुहले दुइ जना लाई  सम्मान गरेको छ ।

  बहुउद्देश्यीय सहकारी संस्थाको हलमा भएको कार्यक्रममा  इटहरीकी कवि टिका आत्रीयलाई इटहरी साहित्यिक समुहले नगद १५हजार सहित इटहरी काव्य पुरस्कारबाट सम्मान गरेको हो । 

त्यस्तै बेलबारीकी कथाकार विष्णुदेवी भण्डारी आचार्य लाई टिका मिलन घिमिरेले स्थापना गरेको  भिमादेवी घिमिरे स्मृती पुरस्कार बाट नगद ५ हजार सहित सम्मान गरेको छ । WhatsApp Image 2024-07-13 at 16.29.50

सम्मानीत आत्रीय र भण्डारी लाई कार्यक्रमका प्रमुख अतिथी सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी र साहित्यिक समुहका अध्यक्ष हेमन्त गौतम लगायतले सम्मान पत्रले सम्मान गरिएको इटहरी साहित्यिक समुहका सचिव जगदिस सापकोटाले जानकारी दिए । 

   आदिकवि भानुभक्त आर्चायका जन्म जयन्तीका अवसरमा आयोजना गरिएको सम्मान सहितको साहित्यिक कार्यक्रममा प्रमुख वक्ता डा. दिवाकर रेग्मीले लगायतले आदिकविका व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरेका थिए । WhatsApp Image 2024-07-13 at 16.29.53

इटहरी साहित्यिक समुहले साहित्यका क्षेत्रमा निरन्तर कलम चलाएका श्रृष्टाहरु लाई प्रत्येक वर्ष प्रोत्सान स्वरुप सम्मान गर्दै आएको छ । 

यो वर्ष बाट दुई जना सम्मान गर्दै आगामी दिनहरुमा अक्षयकोषलाई थप गर्दै साहित्यकारहरु लाई साहित्यकको क्षेत्रमा अझ उचाईमा लान प्रत्येकसाल  सम्मान गर्दै जाने  साहित्यिक समुहका अध्यक्ष हेमन्त गौतमले बताए । WhatsApp Image 2024-07-13 at 16.29.51

सीता दाहाल,पुण्य चौलागाँई लगायतले आदिकविको चर्चा सहित कविता वाचन गरेर आदिकविलाई स्मरण गरेका थिए  ।

कार्यक्रममा इटहरी साहित्यिक समुहका पुर्व अध्यक्ष कृष्ण विनोद लम्साल , कृष्ण अधिकारी, हंसवाहिनी फ्रिल्मका अध्यक्ष कृष्ण नेपाल,समाजसेवी – रामचन्द्र अधिकारी लगायत इटहरीका साहित्यिक पारखीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।