इटहरी । पुर्बेली क्लब इटहरीले एक कार्यक्रम गरी विभिन्न जातको बिरुवाहरु वितरण गरेको छ ।
इटहरी उपमहानगर पालिका भित्र रहेका टोल बिकास सस्था, र बिद्यालयहरुलाई बाताबरण र पर्यावरण जोगाउन, हरीत नगरी बनाउन मद्धत पुर्याउने उद्धेश्यले विभिन्न जातका एक हजार बिरुवाहरु बितरण गरिएकोे पुर्बेली क्लबका अध्यक्ष झलक बनले बताए ।
विरुवा रोप्ने भन्दा पनि रोपेको बिरुवा हरुको संरक्षण सम्बर्द्धन गर्नु र धेरै बिरुवा हुर्काउनु महत्वपूर्ण भएको हुदा यसको सबै टोल बासीले संरक्षण गर्नुपर्ने क्लबका सस्थापक संरक्षक सदस्य रमेश खत्रीले बताए । 
इटहरी जेष्ठ नागरिक समाजका अध्यक्ष खगेन्द्र निरौलाको प्रमुख अतिथिथ्यमा भउको कार्यक्रममा कचना मा बिका प्रधानध्यापक हरिशंकर घिमिरे,४ नम्बर वडा सदस्य अमृत बस्नेत लगायत टोल बिकास सस्थाका अध्यक्ष हरुको उपस्तिथि रहेको थियोे ।
क्लबले विभिन्न समयमा स्वास्थ्य शिविर,रक्तदान लगायतका सामाजिक कार्यमा सक्रिय रहदै आएको छ ।




















