इटहरी । भगवान जगन्नाथ ,वलदेव र शुभद्रा माहारानी सहितको इटहरीमा  दोस्रो ऐतिहासिक जगन्नाथ रथयात्रा महोत्सब निकालिएको छ ।

जगन्नाथ रथयात्रा महोत्सब समितिका अध्यक्ष विष्णु रिजालको अध्यक्षतामा भएको  उद्घाटन कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगर पालिकका नगर प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गरेका  थिए ।

इस्कोन इटहरी सेन्टरबाट निकालिएको रथ यात्रा इटहरी मुख्य चौक हुदै मिलन चौक परिक्रमा गरी रथयात्रा पछि राधाकृष्ण शिव मन्दिरमा आएर महा आरती , प्रवचन सहित प्रसाद वितरण गरि रथयात्रा समापन गरिएको हो ।WhatsApp Image 2024-07-13 at 17.58.04

इटहरीमा अघिल्लो वर्ष बाट सुरु गरिएको रथयात्रा महोत्सबमा उलेखिए सहभागिता रहेको थियो भने यो पटक अझ धेरै  श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको र यस लाई आगामी वर्ष देखि अझ प्रचार प्रसार गरेर ब्यवस्थीत गर्दै भब्य कार्यक्रम गर्ने जगन्नाथ रथयात्रा महोत्सब समितिका अध्यक्ष विष्णु रिजालले जानकारी दिए । WhatsApp Image 2024-07-13 at 17.58.05

रथयात्रामा विभिन्न सामाजिक संघ सस्था स्थानीय ब्यवसायी तथा श्रद्धालु भक्तजनहरुको उल्लेखिय सहभागिता रहेको थियो ।