इटहरी । होटल व्यवसायी संघ इटहरीको १५ औं साधारण सभाले जय प्रसाद उपाध्याय पौडेलको अध्यक्षमा  २१ सदस्यीय नयाँ  कार्य समिती चयन गरेको  छ ।   वरिष्ठ उपाध्यक्षमा खेमराज घिमिरे उपाध्यक्षहरुमा  कृष्णप्रसाद निरौला ,  पुनम थापा मगर  र शिव कुमार तामाङ रहेका छन भने महासचिवमा आरोन कार्की कोषाध्यक्षमा  दामोदर विडारी सह-कोषाध्यक्ष विशाल प्रधान, सचिव प्रेमराज गिरि  सदस्यहरुमा  एकराज श्रेष्ठ,कल्पना विष्ट ,कुमारजङ्ग कार्की ,ख्यामराज राई ,देवेन्द्रकुमार निरौला , पदम बहादुर राई , विनोद गुरुङ्ग ,विपन घिमिरे, विरेन्द्र लिम्बु , रोनिका राई , लिलामणी खड्का र   सम्सेर बहादुर कार्की सर्व सम्मतले चयन गरेको  हो ।                                                                                 उद्योग वाणिज्य संघ इटहरीको सभा हलमा आयोजित साधारणसभामा इटहरीका ४ जना पुराना ब्यासायीहरु लाई सम्मान गरेको छ । 

इटहरीमा लामो समय देखी होटल संचालन गर्दै रोयल रिसोर्टका संचालक अमृत कार्की , कट्वाल होटल संचालक मणिनन्द्र बहादुर कट्टवाल,हिरा होटल संचालक प्रकास महतो र कोशी गेष्ट हाउसका संचालक ददिराम आचार्यलाई दोसल्ला ओढाइ सम्मान पत्रले सम्मान गरिएको छ । WhatsApp Image 2024-07-09 at 18.37.02

पर्यटन संग सम्बन्धित भएको होटल ब्यवसायीहरु एक जुट भएर होटलहरु लाई टिकाइ राख्न आवस्यक रहेको र प्रदेश भरीका होटल ब्यवसयीहरु संगको सहकार्य गरेर पर्यटन प्रबद्धनमा लाग्नु पर्ने कार्यक्रमका बक्ताहरुले बताएका छन् । WhatsApp Image 2024-07-09 at 18.37.01

कृष्ण निरौलाको संयोजकत्वमा भएको कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष भिमबहादुर पौडेलको प्रमुख आतिथ्य तथा होटल व्यवसायी संघका अध्यक्ष जिवन पराजुलीको अध्यक्षतामा भएको साधारण सभामा होटल व्यवसायी संघ इटहरीका संस्थापक अध्यक्ष नारायण बहादुर तामाङ्ग, होटल ब्यवसायी महासंघका उपाध्यक्ष रविन गौतम होटल व्यवसायी महासंघ नेपाल (हान) कोशी प्रदेशका अध्यक्ष, राजन श्रेष्ठ ,उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका हावाइ तथा पर्यटन संयोजक भविस श्रेष्ठ, नेपाली कांग्रेश इटहरीका उपाध्यक्ष बालकृष्ण विष्ट, होटल व्यवसायी महासंघ कोशी प्रदेशका महासचिव बासु बराल ,मदिर ब्यवसायी संघका अध्यक्ष राजेन्द्र राई, रेडिमेड कपडा तथा जुत्ता ब्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ,हाडवेयर व्यवसायी संघका अध्यक्ष भोला निरौला लगायतको सहभागिता रहेको थियो । 

यो साधरणसभाले नयाँ कार्य समिती चयन गर्ने छ । WhatsApp Image 2024-07-09 at 18.37.03 (1)