इटहरी । सुृनसरीको रामधुनी नगरपालिकामा न्यायिक समिति सम्वन्धी विषयमा जिल्लाका पालिकाहरु विच अन्तरक्रिया गरिएको छ ।

    रामधुनी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक तारा थापाको अध्यक्षता तथा नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यमा अन्तरक्रिया गरिएको हो ।

  अन्तरक्रियामा रामधुनी नगरपालिकाको न्यायिक समितिको प्रगति विवरण  समितिकी कर्मचारी एलिना श्रेष्ठले प्रस्तुत गरेकी थिइन ।

सो कार्यक्रममा धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रविक्रम वेघाले न्यायिक समितिको धारणाका विषयमा प्रस्तुति गरेका थिए ।vlcsnap-2024-07-05-17h44m35s167

सुनसरीका आठ पालिकाहरुका न्यायिक समितिका संयोजक , पदाधिकारी कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा न्यायिक समितिको धारणाका विषयमा दुहवी नगरपालिकाकी उपप्रमुख मेनुका खतिवडा पोखरेल , देवानगंज गाउपालिका उपाध्यक्ष विभा कुमारी यादवले पनि बोलेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिका , दुहवी नगरपालिका ,रामधुनी नगरपालिका , बराहक्षेत्र नगरपालिका , भोक्राहानरसिंह गाउँपालिका लगायतका आठ पालिकाहरुका न्यायिक समितिका संयोजक  पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई रामधुनी नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र रामधुनी मन्दिर लगायतको भ्रमण गराइएको थियो भने न्यायिक समितिको नविन आयम घोषणा पत्र जारी गर्दै कार्य समापन गरियो ।