इटहरी । इटहरीमा रहेका २२ वटा लायन्स क्लवहरुले संयुक्तरुपमा  आश्रमलाई खाद्यन्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

जुलाइर्को पहिलो दिन बाट २०२५ जून ३० सम्मका लागि गरिने सामाजिक सेवाको विधिवत सुरुवातको अवसरमा सामाजिक क्षेत्रमा केही सहयोग पुगोस भनेर इटहरीमा रहेको निःसाहाय बालबालिका आश्रममा खाद्यन्न वितरण गरिएको हो । 

२२ वटा क्लब रहेको  ४ नम्बर एरिया चिफ कोडिनेटर थानेश्वर ढकालको अध्यक्षता तथा लायन्स ईन्टरनेशनल डिष्ट्रीक ३२५ सि का डिष्ट्रीक गभर्नर विकाश अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चामल,दाल,,तेल ,भुजा लगायको खाद्यन्न सामाग्रीहरु निःःसाहाय बालबालिका आश्रमकी संभालिका गिता गौतम लाई हस्तान्तरण गरिएको थियो । WhatsApp Image 2024-07-02 at 18.17.08 (1)

कार्यक्रमका अतिथीहरुले लायन्स क्लबहरुले सामाजिक सेवाभवले  विभिन्न स्थानमा सामाजिक क्षेत्रमा विभिन्न कार्यमा अन्तरगत निःसाहाय बाबालिकाहरुका लागी गरिएको सहयोगका प्रसंसा गरेका थिए । WhatsApp Image 2024-07-02 at 18.24.54 (1)

खाद्यन्न वितरण कार्यक्रममा लायन्स क्लब अफ इटहरीका अध्यक्ष तेज बहादुर पुरी ,ईटहरी लेडी जेसिजकी अध्यक्ष ईन्दिरा काफ्ले , लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठ,जोन चेयर पर्सन सोमनाथ गौतम,गणेश ओली, डिष्ट्रीक चेयर पर्सन भेषजा काफ्ले लगायतको सहभागिता रहेको थियो ।