इटहरी । लिभर फाउन्डेसन नेपालले सुनसरीको इटहरी एक दिने कलेजो स्वास्थ्य गोष्ठी सम्पन्न गरेको छ । 

 इटहरीको बरन्डा होटलमा भएको गोष्टीमा मानव सरिरमा रहेको कलेजो स्वास्थ् राख्न गर्नुपर्ने उपाय तथा अस्वास्थ भइहालेमा केगर्ने विषयमा जनचेतना मुलक एक दिने कार्यक्रमको आयोजना गरेको हो ।  

कार्यक्रममा सुनसरी, मोरङ र  उदयपुरका बिभिन्न पालिकाका मेयर, उप मेयर, अध्यक्ष र उपाध्यक्ष  साथै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु लाई सहभागी गराएर खानपान बाट उत्पन्न हुने कलेजो रोग बाट बच्ने उपाय साथै कलेजो सम्बन्धी प्रत्यारोपणका विषयमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । WhatsApp Image 2024-07-01 at 18.21.51 (1)

जनचेतना मुलक यो कार्यक्रममा  लिभरलाइ सुरक्षित राख्न सफा खानेकुरा ,सफा पानी खाने,व्यायम गर्ने र मादक पदार्थले हुने असरका विषयमा  ७ वटै प्रदेशमा कार्यक्रम गर्ने र लिभर र अन्य स्वास्थ्य सम्बन्धी कामहरु देश भित्र गर्न सकेमा देशबाहिर पैसा जानेक्रम रोकिने लिभर फाउनडेसन नेपालका अध्यक्ष उमेश जङ्ग रायमाझिले बताए ।WhatsApp Image 2024-07-01 at 18.21.52

कार्यक्रममा  कलेजोलाई बाचाइ राख्न के गर्ने र त्यसको प्रत्यारोपण  कस्तो व्यक्तिले गर्ने र कसरी गर्ने,खनपानमा ध्यान दिने लगायतका विषयमा प्रोफ्रेसर डाक्टर. विक्रम प्रधान, प्रोफ्रेसर डाक्टर भुनन्द्र बस्नेत र डा. संजय कुमार यादवले कार्यक्रममा सहजिकरण गरेका थिए ।  

कार्यक्रम फाउनडेसनका अध्यक्ष  उमेश जङ्ग रायमाझिकोे अध्यक्षता तथा पुर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा भएको थियो ।