इटहरी । इटहरीमा रहेका २२ वटा लायन्स,लियो क्लवहरुले संयुक्त रक्तदान तथा सुगर परिक्षण  कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । 

आज जुलाइर्को पहिलो दिन बाट २०२५ जून ३० सम्मका लागि गरिने सेवाको विविध कार्यहरुमध्ये पहिलो दिनको अवसरमा बृहत रक्तदान तथा निःशुल्क सुगर परिक्षण गरिएको छ । 

इटहरीको दुर्गा पाटी प्यालेसमा भएको कार्यक्रम ४ नम्बर एरिया चिफ कोडिनेटर थानेश्वर ढकालको सम्योजन तथा लायन्स क्लब अफ डिस्ट्रीक्ट ३२५ सि एल सी आइ एफ कोर्डिनेटर लोकेन्द्र ढकालको प्रमुख अतिथिमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र विराटनगरको प्रविधिक सहयोगमा भएको थियो । WhatsApp Image 2024-07-01 at 18.21.56

विभिन्न संघ,सस्था, तथा क्लबका सदस्यहरुले गरेको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेको लायन्स क्लब अफ इटहरी मनकामनाको वर्ष २०२४÷२५ की सचिव विजया प्याकुरेलले जानकारी दिइन । 

क्लबहरुले सामाजिक तथा पर्यवरणका क्षेत्रमा विभिन्न गतिविधीहरु संचालन गर्दै आएको छ । 

कार्यक्रममा लायन्स क्लब आबद्ध विभिन्न २२ वटै क्लबका अध्यक्षहरु ल्गायतको सहभागितामा रहेका थियो ।