इटहरी । स्पाइनल इन्जुरी सघंको आयोजनामा प्रथम अन्तर प्रादेशिय महिला ह्युलचियर बास्केटबल प्रतियोगिता सुनसरीको इटहरीमा सुरु भएको छ ।

सुनसरीको इटहरी स्थिीत विश्व आदर्श एकेडेमिको खेल मैदानमा भएको उद्घाटन खेलमा कोशी प्रदेश र कर्णालि प्रदेश बीच प्रतिस्प्रधा हुने खेल ८ ,८ मिनेटको खेल गराइएको थियो ।IMG_20240628_212949सो, खेलमा कोशि, गण्डकी, कर्णाली, लुम्बीनी,बाग्मती र सुदुर पश्चीम प्रदेशका ८,८ जना ह्युलचियर बास्केट बल खेलाडीहरुको सहभनगिता रहेको छ ।खेलमा प्रथम हुनेलाइ ३० हजार, दितियलाइ २५ र र्तितिय हुनेलाइ २० हजार पुरस्कार,सिल्ड,मेडल रहेको छ ।IMG_20240628_213118उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सामाजिक विकाश मन्त्रालय कोशि प्रदेशका मन्त्री पाँचकर्ण राईले कार्यक्रममा सम्बोधन गर्दै सारिक रुपले अपांगता भएनी सपङता सराह खेल खेली रहदा तपाइहरुको मनोबलका लागि सहयोग गर्ने र आफ्नो स्वस्थको लागि र राष्ट्रको लागि खेल सफलताको शुभकामना दिएका थिए । इस्पाइनल इन्जिुरी संघ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेले इटहरी लगाएत समस्त कोशी प्रदेश क्षेत्रका अपाङ्गता भएका मानिसहरुको मनोबल एवं खेलकुदको विकास र प्रवद्र्धन गर्नै मुख्य उदेश्यले प्रथम अन्तर प्रादेशिय महिला ह्युलचियर बास्केटबल प्रतियोगिताको आयोजना गरिएको बताएका छन् । 

कार्यक्रम सामाजिक विकास मन्त्रालय प्रदेश खेलकुद विकाश बार्डको सहकार्य तथा करुणा फउण्डेशन नेपाल र इटहरी उप महानगरपालिकाको सहकार्यमा आयोजना भएको कार्यक्रममा विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिमिरे लगाएतका अन्य अतिथिहरुको सहभागिता रहेको थियो ।खेल प्रतियोगिताको १५ गते पुरस्कार वितरण गर्दै समापन गरिने आयोजकले जानकारी दिएको छ ।