इटहरी । सुनसरीका महिला उद्यमीहरुका संचालन गरिएको तिन दिने उद्यमशीलता क्षमता अभिवृद्धि तालिम इटहरीमा सम्पन्न भएको छ । 

सुनसरी र मोरङ्गका महिला उद्यमीहरूलाई उत्पादन, बजारीकरण र उद्योगहरूको स्थायित्व विषयक तालिम उद्योग वाणिज्य संघ इटहरीको सभाहलमा भएको तालिममा सुनसरी, मोरङ्गका ७० जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो । IMG_20240628_203737

क्षमता अभिवृद्धि तालिममा महिलाहरुले उत्पादन भएका बस्तुहरुलाइ कसरी बजारीकरण गर्न सकिन्छ भन्ने उदेश्यले तालिमको आयोजना गरिएको हो । 

उद्यमिहरुका लागि काठमाडौँका दक्ष प्रशिक्षकबाट आफ्नो उत्पादनलाइ धेरै मात्रामा विक्रि गर्न र लेबलिङ, ब्यान्डीङलाइ अझ शसक्त तरिकाबाट अगाडी बढाउन सकियोस र आम्दानी बढि भन्दा बढि होस र उत्पादनलाइ अझ बढाइयोस भनेर तालिमको आयोजना गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलिले बताए ।IMG_20240628_203717

विभिन्न घरेलु सामाग्रीहरु उत्पादन गर्दै आएका महिलाहरुका लागी यो तालिम बाट धेरै कुरा सिक्न पाएको मा सहभागी हिरा सापकोटाले खुसि ब्यक्त गरिन । 

तालिमका मुुख्य प्रशिक्षकहरु महिला उद्यमी महासंघ नेपालकी द्वीतिय उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, तृतिय उपाध्यक्ष बसन्ती मिश्र प्रधानले तालिममा प्रशिक्षण गराएकी थिन भने इटहरी उपमहानगर पालिकाका सन्तोष  ढकाल, पौषराज निरौला ,अनु अर्याल, अनिता थापा बस्नेत लगायतले सहजिकरण गरेका थिए । 

तालिममा सहभागिहरु लाई प्रमाण पत्र वितरण गरिएको थियो  । 

समापन कार्यक्रमका प्रमुख अतिथी आसमान नेपालका परियोजना संयोजक गणेश दहालको प्रमुख आतिथ्यमा तथा उद्योग वाणिज्य संघ महिला उद्यम समिति संयोजक मिना ढकालको संयोजनमा भएको कार्यक्रममा आसमान नेपालका कार्यक्रम अधिकृत किरण चौधरी ,रेडिमेड ब्यवसायी संघका अध्यक्ष विनोद चोच्छे लगायतको सहभागिता रहेको थियो ।