इनरुवा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इनरुवाको समाज सेवा प्रभागको आयोजनामा भएको त्रिदिवसिय स्वास्थ समृद्ध खुशीयाली जिवनको गुह्य रहस्य कार्यक्रम सम्पन्न भएको छ । 

जेठ ३१ गते बाट सुरु भएको त्रिदिवसिय कार्यक्रममा नैतिकता , तनाव व्यवस्थापन र सुशासन सहितको मानवताका विषयमा प्रमुख वक्ता भारतको मुम्बईका प्रोफेसर इभि गिरिस र माउन्ट आबुका विरेन्द्र भाई जीले  सहजिकरण गरेका थिए । WhatsApp Image 2024-06-15 at 18.26.06

तेसइगरी विद्यार्थी भाइबहिनीहरूलाई मेमोरी म्यानेजमेन्ट ,स्मरण क्षमता वृद्धि लगायतका विषयमा प्रशिक्षण गराइएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र  इनरुवाकी संचालिका ब्रहमकुमारी नम्रता दिदीले जानकारी दिइन् ।

प्रशिक्षण कार्यक्रममा इनरुवाका बुद्धिजीवी, समाज सेवी, व्यवसायिहरु लगायतका ५ सय बढीको सहभाथिता रहेको थियो ।WhatsApp Image 2024-06-15 at 18.26.09

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेशकी प्रमुख  गीता  दिदीको अध्यक्षता तथा त्रिदिवसिय कार्यक्रमका प्रमुख अतिथिहरु इनरुवा नगर पालिकाका नगर प्रमुख केदार भण्डारी, जिल्ला समन्वय समितिका अध्यक्ष राजन मेहेता रहेका थिए भने     ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी संचालिका ब्रह्माकुमारी सारदा दिदी, प्रदेश सभासद राम प्रसाद मेहता , वडा नम्बर १ का अध्यक्ष प्रमोद पोख्रेल ,उद्योग वाणिज्य  संघका अध्यक्ष विरेन्द्र कुमार साह, तथा विभिन्न विद्यालयका शिक्षक,विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

WhatsApp Image 2024-06-15 at 18.26.12 (1)