इटहरी । नेपाल सेराजिमको १२ औं बार्षिक उत्सवको अवसरमा इटहरी शाखाले  विविध कार्यक्रम गरी मनाएको छ । 

स्थापनाको १२ वर्ष पुरा गरी १३ औं वर्ष वर्षमा प्रवेश गरेको अवसरमा इटहरी शाखाले सेवा दिदै आएकाहरु संग वार्षिक उत्सव मनाएको हो । 

इटहरीमा दैनिक ३ सय ५० जनालाई कोेरियन प्रविधी बाट मेरुडण्डको फर्मल थेरापी गराउदै आएको र हाल सम्म ३ हजार बढी लाई सेराजिमको सेवा दिइ सकेको इटहरी शाखा संचालक आषिश शाहले जनकारी दिए । 448359989_1493222664923098_7389511335150243337_n

यो सेराजिमले जेष्ठ नागरिकहरुको नाशाका विरामीका समस्या भएकाको  निःशुल्क थेरापी गराउदै आएको सेराजिमले १२ वर्ष पुरा गरेकोमा बुल्स एलेभेन क्लबका उपाध्यक्ष रामु राईले  शुभकामना दिएका  थिए । 

सिनसर्क जूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न सामाजिक संघ सस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।448330030_1493176794927685_3716181286555277661_n